अफगानिस्तानबाट अमेरिकी फौज फिर्ताको बाइडेनले गरे बचाउ « Khabarhub

अफगानिस्तानबाट अमेरिकी फौज फिर्ताको बाइडेनले गरे बचाउ


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तान अमेरिकी सैनिक फिर्ताको बचाउ गरेका छन् ।

तालिबानले अफगानिस्तान कब्जा गर्दै विजय भएको घोषणा गरेपछि  बाइडेनले सोमबार सम्बोधन गर्दै आफ्नो निर्णयको बचाउ गरेका हुन् ।

युद्धग्रस्त अफगानिस्तानमा तालिबानको नियन्त्रणपछि चौतर्फी आलोचना खेपिरहेका बाइडेनले क्याम्प डेभिडबाट सोमवार ह्वाइट हाउस फर्केर भने, ‘कति थप अमेरिकी जीवन त्यसको लागि अर्पण गर्नुपर्थ्यो ?’

अहिलेको अफगानिस्तानको अवस्थाको जिम्मेवार अफगानी राजनीतिक नेताहरु र अमेरिकाले तालिम दिएर पनि लड्न नचाहेका अफगान आर्मी रहेको बाइडेनको आरोप छ ।

‘अफगान फौजले उनीहरूकै लागि लड्न नचाहेको लडाइँ अमेरिकी सैनिकहरू लड्न सक्दैनन् र लड्नु र युद्धमा मर्नु हुँदैन,’ उनले भने ।

सशस्त्र विद्रोहीहरू फेरि सत्तामा पुगिरहँदा अफगानिस्तानमा करिब २० वर्षको अमेरिकी नेतृत्वको गठबन्धनको उपस्थिति पनि अन्त्य भएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ८ : १० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना