अफगानिस्तानबाट अमेरिकी फौज फिर्ताको बाइडेनले गरे बचाउ « Khabarhub

अफगानिस्तानबाट अमेरिकी फौज फिर्ताको बाइडेनले गरे बचाउ


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तान अमेरिकी सैनिक फिर्ताको बचाउ गरेका छन् ।

तालिबानले अफगानिस्तान कब्जा गर्दै विजय भएको घोषणा गरेपछि  बाइडेनले सोमबार सम्बोधन गर्दै आफ्नो निर्णयको बचाउ गरेका हुन् ।

युद्धग्रस्त अफगानिस्तानमा तालिबानको नियन्त्रणपछि चौतर्फी आलोचना खेपिरहेका बाइडेनले क्याम्प डेभिडबाट सोमवार ह्वाइट हाउस फर्केर भने, ‘कति थप अमेरिकी जीवन त्यसको लागि अर्पण गर्नुपर्थ्यो ?’

अहिलेको अफगानिस्तानको अवस्थाको जिम्मेवार अफगानी राजनीतिक नेताहरु र अमेरिकाले तालिम दिएर पनि लड्न नचाहेका अफगान आर्मी रहेको बाइडेनको आरोप छ ।

‘अफगान फौजले उनीहरूकै लागि लड्न नचाहेको लडाइँ अमेरिकी सैनिकहरू लड्न सक्दैनन् र लड्नु र युद्धमा मर्नु हुँदैन,’ उनले भने ।

सशस्त्र विद्रोहीहरू फेरि सत्तामा पुगिरहँदा अफगानिस्तानमा करिब २० वर्षको अमेरिकी नेतृत्वको गठबन्धनको उपस्थिति पनि अन्त्य भएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ८ : १० बजे

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा

अहिले जित्न नसके १६ औँ महाधिवेशनमा जितेर देखाउँछु : राठौर

काठमाडौं– नेपाली कांग्रेसका नेता किशोर सिंह राठौर निर्वाचन आयोग र सर्वोच्चले

गाजा युद्धसँगै गहिरिँदो इजरायली सुरक्षा संकट

एजेन्सी– गाजामा भएको ठूलो विनाशलाई विश्वका धेरै मानिसले मानवीय त्रासदीका