धमिलो पानी खान बाध्य छन् तुम्कोटबासी « Khabarhub

धमिलो पानी खान बाध्य छन् तुम्कोटबासी


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट- हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ५ को तुम्कोट गाउँका स्थानीय बासिन्दा एक घण्टा पैदल हिँडेर नदीको धमिलो पानी ल्याएर खान बाध्य छन् ।

पानीको मुहान बाढीले बगाएपछि उनीहरू एक घण्टा हिँडेर नदीको पानी ल्याइ पिउन बाध्य भएका हुन्  । गत साउन २० गते गएको बाढीले खानेपानीको मुहान र पाइप लाइन बगाएपछि खानेपानीका लागि स्थानीयवासीले दुःख झेल्दै आएका छन् ।

तुम्कोटका स्थानीय बासिन्दा थुप्देन ग्याण्टो लामाले बाढीले खानेपानीको मुहान, इन्टेक र पाइप लाइन बगाएर लगेपछि गाउँबाट एक घण्टा तलको तुम्कोट नदीबाट पानी बोकेर ल्याउनुपरेको बताए ।

घर आँगनमै भएका धारामा पानी आउन छाडेपछि घरका एक जनाको काम दैनिक पानी ओसार्ने मात्र छ ।

खानेपानी योजनामा बाढीले क्षति पुर्‍याएपछि नदीको धमिलो पानी प्रयोग गर्न स्थानीय बासिन्दा बाध्य हुँदै आएका छन् । बिहान सबेरै उठेर तुम्कोटका स्थानीयवासीको लाइन लागेर खानेपानी ओसार्ने दैनिकी बनेको छ । यसबाट तुम्कोटका २५ घरधुरीका स्थानीयवासी प्रभावित भएका छन् ।

ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका फिल्ड संयोजक दन्त शाहीले तुम्कोट गाउँको भित्र मुहानबाट निर्माण भएको फुइसिङ खानेपानी तथा सरसफाइ योजना बाढी पहिराले बगाएर लगेपछि गाउँमा खानेपानीको समस्या भएको बताए ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ९ : ५५ बजे

बबरमहलमा धमाधम बन्दैछ आकाशे पुल (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको बबरमहलस्थित जिल्ला अदालत अगाडि आकाशे पुल निर्माणको काम

ट्रम्पको महासभा सम्बोधनमा युद्ध, शान्ति र हर्मुजको मुद्दा

संयुक्त राष्ट्रसङ्घ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसङ्घको महासभालाई मङ्गलबार

‘जल्नुअघि चालकले ‘दबाब दिए म लास हुनेछु’ भन्दा प्रहरीले संवेदनशीलता देखाएन, गृहमन्त्रीको जवाफ चाहियो’

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले त्रिपुरेश्वरमा

यमनमा मानवीय संकट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

एजेन्सी– यमनमा पछिल्लो समय बढ्दै गएको असुरक्षाका कारण सातवटा गभर्नरेटबाट

शंकर पोखरेलले भने- अध्यक्षसँग मेरो मतभेद छैन, कुनै अभियोग लगाउन खोजेको होइन 

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा