अफगानिस्तानबाट नेपालीको गुहार : हाम्रो चाँडै उद्धार होस् « Khabarhub

अफगानिस्तानबाट नेपालीको गुहार : हाम्रो चाँडै उद्धार होस्

१२७ नेपाली काठमाडौँ आइपुगे



दोहा– तालिबानले अफगानिस्तानको राजधानी काबुल नियन्त्रणमा लिएपछि विमानस्थल भित्र रहेका ५० नेपालीले आफूहरूलाई छिटो भन्दा छिटो उद्धार गर्न अनुरोध गरेका छन् ।

सोमबार साँझ अफगानिस्तानबाट खबरहबसँगको सम्पर्कमा आएका रामेछापका डिल्ली खड्काले यहाँको अवस्था निकै भद्रगोल रहेको भन्दै आफूहरूलाई छिटो उद्धार गर्न अनुरोध गरेका छन् । उनी सन् २०११ देखि त्यहाँ कार्यरत छन् ।

‘हामी एउटै कम्पनीमा काम गर्ने ५० नेपाली उद्धारको पर्खाइमा रहेका छौ,’ खड्काले भने, ‘यहाँको अवस्था दयनीय छ बाहिर गोली हानाहान भइरहेको छ । हामीलाई जति बेला जे पनि हुन् सक्छ।’

नेपाल सरकारले उद्धारको लागि भदौ १० मा जहाज पठाउने भन्ने जानकारी आएको भन्दै उनले आफूहरूलाई तत्कालै आज/भोलि नै उद्धार गर्नु पर्ने अवस्था रहेको बताए ।

उनले भने, ‘सरकारले छिटै उद्धार गर्छ भन्नेमा हामी ढुक्क छैनौँ, अन्य देशका नागरिकहरूलाई धमाधम उद्धार गरेर लागिरहेका छन् हाम्रो अभिभावकत्व लिने कोही भएन ।’

नेटोको जहाज विमानस्थलमा ल्याउन सकेको खण्डमा हामीलाई पनि उद्धार गर्ने भन्ने सुन्न आएको भन्दै उनले अहिले भगवान भरोसामा उद्धारको प्रतिक्षामा बसिरहेको बताए । अमेरिकी दूतावास र युरोपियन युनियनमा काम गर्ने नेपालीहरूलाई उद्धार गरी दोहा लगिएको भन्ने खबर सुनेको पनि उनले बताए ।

उद्धारको माग गर्दै अर्का एक नेपालीले भने, ‘श्रम स्वीकृति लिए आएका नेपालीहरूलाई त जेसो तसो उद्धार होला तर, गैरकानुनी रुपमा बसेका नेपालीको अवस्था के होला ?’

अफगानिस्तानमा करिव १ हजार ५ सय नेपाली रहेको नेपालको परराष्ट्र मन्त्रालयले जनाए पनि गैरकानुनी बाटो हुदैँ त्यहाँ पुगेका हजारौँ नेपाली अलपत्र परेको बताईएको छ । त्यहाँ नेपालीहरू संयुक्त राष्ट्रसंघीय नियोग र विभिन्न मुलुकका दूतावासको सुरक्षाको भित्री घेरामा नेपाली खटिएका छन्।

अफगानिस्तान हेर्ने जिम्मा पाएको दिल्लीस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीहरूसँग निरन्तर सम्पर्क भैरहेको र अहिलेसम्म सुरक्षित रहेको जनाउदै सबैलाई सकुशल उद्धारको लगि आवश्यक प्रक्रिया थालिएको जनाएको छ।

यता, गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पनि आफ्नै खर्चमा जहाज पठाएर काबुलबाट नेपालीहरूको उद्धार गर्ने तयारी गरेको जनाएको छ । संघका अध्यक्ष कुमार पन्तले सोमबारको सचिवालय बैठकमा अफगानिस्तानमा रहेका नेपालीको विषयमा संघ गम्भीर एवम चिन्तित रहेको भन्दै नेपाली फर्काउने विषयमा छलफल भएको बताए ।

तालिबानले काबुल कब्जामा लिए पछि त्यहाँका नागरिक विस्थापित हुन थालेका छन् । काबुल छोड्ने क्रममा त्यहाँ भागदौड छ मच्चिएको छ भने अफगानिस्तान छोड्न विमानस्थलमा भीड लागेको छ ।

१२७ नेपाली काठमाडौँ आइपुगे

यसैबीच अमेरिकाले अफगानिस्तानबाट उद्धार गरेका १ सय २७ नेपाली काठमाडौँ आइपुगेका छन् ।

अमेरिकी चार्टर बिहानमा उनीहरू मंगलबार बिहान १०:१५ बजे त्रिभुवन विमानस्थल आइपुगेको नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३८५ नेपालीलाई अमेरिकाले त्यहाँबाट उद्धार गरी कतारको दोहा पुर्‍याएकोमा १२७ जना नेपाल आइपुगेका हुन् ।

नेपाल फर्कन २ हजार हाराहारी नेपाली उद्धारको पर्खाइमा रहेको बताइरहँदा सरकारीस्तरबाट उद्धारका लागि १ सय ३४ नेपालीले मात्रै स्वदेश फिर्तीका लागि आफ्नो विवरण टिपाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कन्सुलर सेवा विभागको वेबपोर्टलमा आइतबार बेलुकासम्म १ सय ३४ जना नेपालीले आफ्नो विवरण दर्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरुलाई एक/दुई दिनमै स्वदेश फर्काउने तयारी छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ११ : १५ बजे

कांग्रेस विशेष महाधिवेशनमा गुन्जियो ‘गगनदाई हाईहाई’

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनमा गगन थापा महाधिवेशन स्थल पुगेका

सबुजकृष्ण बानियाँ बने विशेष महाधिवेशनको सभापति

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन कार्यक्रमको सभापति काठमाडौं जिल्ला कार्यसमितिका

गगनसँगै गोपालमान श्रेष्ठ र तारानाथ रानाभाट पनि पुगे महाधिवेशनस्थल

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थल भृकुटीमण्डप काठमाडौंमा नेपाली कांग्रेसका पूर्व

चिसो बढेसँगै मुस्ताङमा पर्यटकीय रौनक घट्यो

मुस्ताङ– हिउँदयामको अत्यधिक चिसो बढेसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा पर्यटकीय

विभाजन होइन, कांग्रेसको एकताका लागि अघि बढिरहनेछु : डा. कोइराला

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनबारे भिडियो