निकुञ्जमा गैंडा मर्ने र मारिने क्रम रोकिएन « Khabarhub

निकुञ्जमा गैंडा मर्ने र मारिने क्रम रोकिएन


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– झण्डै बीस वर्षअघि नेपालमा चोरी शिकारीले सबैभन्दा बढी गैंडा मारेका थिए ।

चोरी शिकारीले वि.स. २०५८ सालमा ३८ गैंडा मारेका थिए । चोरी शिकारीले गैंडा मार्ने क्रम बढेपछि मध्यवर्ती क्षेत्रका युवाको सक्रियतामा गैंडा संरक्षण अभियानहरु चल्दै आएका छन् ।

२०७२ सालमा गणना गर्दा नेपालमा ६ सय ४५ वटा गैंडा भेटिएका थिए । त्यतिबेलाको गणनामा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६ सय ५ वटा गैंडा रहेको भेटिएको थियो ।

गएको चैतमा गणना गर्दा संख्या बढेर ७ सय ५२ गैंडा भेटियो । गत उक्त गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको संख्या ६ सय ९४, शुक्लाफाँटा वन्यजन्तु आरक्षणमा १७ वटा, बर्दिया राष्टिय निकुञ्जमा ३८ वटा र पर्सामा ३ वटा गैंडा भेटिए । हरेक पाँच पाँच वर्षमा गैंडा गणना गरिँदै आएको छ ।

विश्वमै दुर्लभ एक सिङ्गे गैंडाको जोडी तीन वर्षअघि नेपालले चीनलाई उपहार दिएको थियो ।

माओवादी राजनीति द्वन्द्व उत्कर्षमा पुगेकाबेला ०५८ सालमा चोरी शिकारीले सबैभन्दा बढी संख्यामा गैंडा मारे पनि त्यसयता भन्दा चोरी शिकारीले गैंडामा मार्ने क्रम न्यून भएको छ । तर कालगतिले गैंडा मर्ने क्रम भने बढिरहेको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार गत आर्थिक वर्षमा निकुञ्जमा चार गैँडा चोरी सिकारीले मारेका थिए भने प्राकृतिक कारणले २८ वटा मरेका थिए । आर्थिक वर्ष २०७५/७६ मा मात्रै ४३ वटा गैंडा कालगतिले मरेका छन्।

सबैभन्दा बढी गैंडा रहेको चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको एक महिनाको अवधिमा मात्रै ६ वटा गैंडा मरेका छन् । निकुञ्ज प्रशासनकाअनुसार ६ गैंडामध्ये पाँच गैंडा कालगतिले मरेको भेटिएको छ।

निकुञ्जको चितवनको माडी बगइ सेक्टर अन्तर्गत घाँघरको बाटुलीचौरमा गत साउन ११ गते अन्दाजी २० वर्षको गैँडा मृतावस्थामा भेटिएको थियो ।

उक्त गैंडाको खाग काटिएको र टाउकाको हड्डीमा गोली लागेको जस्तो चोट देखिएको निकुञ्जले बीस दिनपछि आइतबार मात्रै सार्वजनिक गरेको थियो । यद्यपि अनुसन्धान जारी रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।

पछिल्लो पटक साउन २० गते चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा पर्ने नवलपुरको कावासोती ७ मा रहेको नमूना मध्यवर्ती सामुदायिक वनमा पोथी गैंडा मृत फेला परेको थियो।

त्यसअघि साउनको पहिलो साता नवलपुरकै अमलटारी सेक्टरअन्तर्गत रतनपुर घाटमा अन्दाजी ३० वर्षको गैंडा मृत अवस्थामा फेला परेको थियो । नारायणी नदीका किनारमा बालुवामा गढेको अवस्थामा भाले गैंडा भेटिएको थियो ।

यस्तै, साउन ४ गते चितवन राष्ट्रिय निकुञ्जको कसरा नजिकै राप्ती नदी किनारमा दुई महिनाको केटा गैंडा मृत अवस्थामा भेटिएको थियो । मृत भेटिएका ती सबै गैंडाको अंगहरु सुरक्षित रहेका थिए ।

कालगतिले गैंडा मरे पनि चोरी शिकारीले गैंडा मार्ने क्रम भने कम रहेको निकुञ्जको भनाइ छ । पछिल्लो समय मानवीय कारणले भन्दा पनि प्राकृतिक कारणले गैंडा मरेको संरक्षण अधिकृत बराल बताउँछन् । त्यसैले गैंडा संरक्षणमा सफलता मिलेको उनको भनाइ छ ।

गैंडा मारेमा वा यसको अंग किनबेच वा ओसारपसार गरेमा १५ वर्ष कैद र १० लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी प्रावधान छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  १२ : १० बजे

भूमिहीनका नाममा झूटो विवरण पेश गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौँ । सरकारले भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित

मधेस सम्झौताबारे सरकारको स्पष्टीकरण : गृहमन्त्रीले कुनै ठोस सम्झौता गरेका छैनन्

काठमाडौँ । सरकारले सुनसरी र मधेस प्रदेशमा भएका घटनाका सन्दर्भमा

राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशकसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूलाई

नेपाल लिकर्सका सीईओ तुलाधर एसिया बिजनेस लिडर्स अवार्डबाट सम्मानित

काठमाडौं– नेपाल लिकर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अभिनश वीर सिंह

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो हवाई भाडा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य बढेसँगै