अविरल वर्षापछिको बाढी पहिरोले विद्युत् पूर्वाधारमा कहाँ कहाँ क्षति ? « Khabarhub

अविरल वर्षापछिको बाढी पहिरोले विद्युत् पूर्वाधारमा कहाँ कहाँ क्षति ?


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चार दिनदेखि आएको अविरल वर्षाका कारण देशका विभिन्न भागमा ठूलो क्षति भएको छ । बाढी पहिरोका कारण विद्युत् उत्पादन र प्रसारण लाइनमा ठूलो क्षति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

प्राप्त विवरणअनुसार पोखरा, बुटवल, हेटौंडा र काठमाडौं क्षेत्रमा बाढी, लाइन फाल्ट तथा उपकरण-लाइनको ओभरलोडका कारण ठूलो परिमाणमा विद्युत् आपूर्ति प्रभावित भएको छ ।

वर्षा तथा बाढीको कारण पोखरा क्षेत्रमा सबैभन्दा बढी प्रभाव परेको छ । कुस्मा–न्यू बुटवल २२० केभी लाइनमा फाल्टका कारण करिब २०० मेगावाट उत्पादन प्रभावित भएको छ ।

रौघाङ लाइन १ र २ मा करिब १५५ मेगावाट उत्पादन प्रभावित भएको जनाइएको छ । त्यस्तै, कालीगण्डकी, अपर मादी, सुपर मादी, सिक्लेस–नामर्जुङ, सेती नदी–करुवासेट, अपर दोर्दी, मोदी लगायतका आयोजनाहरूमा बाढीका कारण उत्पादन-आपूर्ति अवरुद्ध भएको छ ।

पोखरा क्षेत्रका विभिन्न आयोजनाबाट मात्र करिब ४ सय मेगावाट भन्दा बढी क्षमताका आयोजना प्रभावित भएको मन्त्रालयको विवरणमा उल्लेख छ ।

न्यू बुटवल–कुस्मा २२० केभी लाइनको फाल्टपछि करिब ११० मेगावाट प्रभावित भएको छ ।

बुटवल क्षेत्रमा न्यू भरतपुर–न्यू बुटवल २२० केभी लाइनमा रुख ढलेर फाल्ट भएको थियो । त्यस्तै, चापर–पथलैया १३२ केभी लाइन जाँदा कावासोती सबस्टेसनमा १ घण्टा लोड सर्टिलमेन्ट गरिएको जनाइएको छ । 

हेटौँडा क्षेत्रमा माण्डुको ६६ केभीमा बाढीका कारण करिब ३२ मेगावाट, कावासोती–भारतपुर १३२ केभीमा भरतपुर सबस्टेसनमा सिभीटी जलेको छ ।

सिमरा सबस्टेसनमा करिब २० मेगावाट, अमलेखगञ्ज/परवानीपुर/वीरगञ्ज उद्योगमा करिब ८० मेगावाट र काम्नेको सबस्टेसन तथा सो क्षेत्रका उद्योगमा करिब २५ मेगावाट आपूर्ति प्रभावित भएको छ ।

काठमाडौं क्षेत्रमा पनि वर्षा तथा बाढीका कारण विद्युत् प्रवाहमा पटक–पटक अवरोध पैदा भएको थियो । प्रभावित भएका सबै क्षेत्रमा जनशक्ति परिचालन गरिएको उल्लेख छ ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  १२ : ४६ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या