सरकारी मोटरसाइकलबाट लागुऔषध तस्करी, एकजना पक्राउ | Khabarhub Khabarhub

सरकारी मोटरसाइकलबाट लागुऔषध तस्करी, एकजना पक्राउ


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारी नम्बर प्लेटको मोटरसाइकलमा लागुऔषध लिएर हिँडिरहेको अवस्थामा सर्लाहीबाट सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा धनकौल गाउँपालिका–३, निवासी २६ वर्षीय जयकिशोर सिंह रहेका छन् । लागुऔषधसहित पक्राउ परेका सिंह धनकौल गाउँपालिकाका कार्यालय सहयोगी हुन् ।

सशस्त्र प्रहरी उपरीक्षक (एसपी) गङ्गाराम श्रेष्ठका अनुसार सशस्त्र प्रहरीको सुरक्षा बेस क्याम्प मनुष्माराबाट खटिएको टोलीले उनलाई ना १ ब २२१२ नम्बरको सरकारी मोटरसाइकलसहित पक्राउ गरेको हो ।

सिंहको साथबाट लागु औषध सय एमएलको कोडिवेल कफ सिरफ ३७१ बोतल बरामद भएको छ ।

अहिले उनलाई थप अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  १२ : २५ बजे

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार