भारतमा दैनिक सङ्क्रमित र सक्रिय सङ्क्रमितमा कमी « Khabarhub

भारतमा दैनिक सङ्क्रमित र सक्रिय सङ्क्रमितमा कमी


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा मङ्गलबार धेरै कमी आएको छ ।

पछिल्लो २४ घण्टामा २५ हजार १६६ नयाँ सङ्क्रमित थपिएका स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । एकै दिनमा कोरोना सङ्क्रमित थपिएका यो संख्या गत १५४ दिनयताकै सबभन्दा कम हो ।

भारतमा पछिल्लो समय दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी हुँदै आएको छ । त्यसैगरी सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गएको छ ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ६९ हजार ८४६ रहेको स्वास्थ्य मन्त्रालयले मङ्गलबार बिहान जनाएको छ । यो सङ्ख्या गत वर्ष सन् २०२० को मार्चपछिकै सबैभन्दा कम भएको अधिकारीले जनाएका छन् । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कूल सङ्क्रमितमध्येको १.१५ प्रतिशत हो ।

भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या तीन करोड २२ लाख ५० हजार ६७९ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा ३६ हजार ८३० जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै सङ्क्रमणमुक्त भएकाको कूल सङ्ख्या तीन करोड १४ लाख ४८ हजार ७५४ पुगेको छ । कूल सङ्क्रमितमध्ये ९७.५१ प्रतिशत सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु भएकाको कूल सङ्ख्या चार लाख ३२ हजार ७९ रहेको छ भने तीमध्ये ४३७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

यही अगस्त १६ सम्ममा भारतमा ४९ करोड ६६ लाख २९ हजार ५२४ ओटा स्वाब परीक्षण गरेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । तीमध्ये १५ लाख ६३ हजार ९८५ जनाको पछिल्लो एक दिनमा परीक्षण गरिएको हो ।

भारतमा गत १६ जनवरीदेखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ५५ करोड ४७ लाख ३० हजार ६०९ डोज खोप लगाइएको छ । पछिल्लो २४ घण्टाको समयाअवधिमा ८८ लाख १३ हजार डोज खोप लगाइएको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ३ : ४४ बजे

पहलमान सिंहस्वाँर मार्ग भासियो

अछाम– अविरल वर्षाले पहलमान सिंहस्वाँर मार्गमा यातायात सेवा प्रभावित भएको

अविरल वर्षापछिको बाढी पहिरोले विद्युत् पूर्वाधारमा कहाँ कहाँ क्षति ?

काठमाडौं– चार दिनदेखि आएको अविरल वर्षाका कारण देशका विभिन्न भागमा

ड्रोनबाट यस्तो देखियो नारायणी छेउछाउको बस्ती (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षाले नारायणी नदीले सतर्कता तह नाघिसकेको छ ।

नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री

भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग

वीरगञ्ज– वीरगञ्ज युवा समाजले भोटेकोशी बाढीपछि बेपत्ता भएका वीरगञ्ज महानगरपालिका–२७ उदयपुर