काठमाडौँ महानगरभित्रको फोहोर अझै एक साता नउठ्ने « Khabarhub

काठमाडौँ महानगरभित्रको फोहोर अझै एक साता नउठ्ने



काठमाडौँ– काठमाडौँ उपत्यकाका सडक छेऊ तथा चोकमा यतिबेला फोहोरका डंगुर थुप्रिन थालेका छन् ।

केही दिनदेखि काठमाडौँको फोहोर उठ्न नसक्दा फोहोर थुप्रिएका हुन् ।

फोहोर उठ्न नसक्दा काठमाडौँ दुर्गन्धित बन्दै गएको छ । त्यस्तै फोहोरका कारण मुख छोपेर हिड्नु पर्ने बाध्यता छ ।

काठमाडौँवासीका लागि यो समस्या नयाँ भने होइन ।

केही वर्षयता मनसुन शुरू भएपछि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या हुने गरेको र मुश्किलले उठ्ने गरेको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

उपत्यकामा उत्सर्जित फोहोरमैलाको अन्तिम विर्सजनस्थल नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नम्बर २ स्थित ल्याण्डफिल साइटमा विर्सजन गर्दै आइरहेको छ ।

तर हाल निरन्तरको वर्षाका कारण सडक बिग्रिएको र फोहोरका गाडी अन्तिम विर्सजन स्थलसम्म पुग्न समस्या भएको महानगरका प्रवक्ता इश्वरमान डंगोलले खबरहबलाई बताए ।

विगतमा पनि यो समस्या दोहोरिने गर्थ्यो । ८/१० दिनसम्म फोहोरका गाडी सिसडोल पुग्न नसकेको अवस्था पनि थियो । तरपनि सडक मर्मतको काम नहुँदा यस वर्षपनि उही समस्या दोहोरिएको उनले बताए ।

‘अविरल वर्षाका कारण ल्याण्डफिल साइटमा करिब २ किलोमिटर सडक बिग्रिएको छ’ उनले भने ‘जब वर्षा रोकिन्छ तब फाहोर संकलन सुचारु हुनेछ ।’

उनकाअनुसार अन्य दिन काठमाडौँबाट फोहोर बोकेर १ सय ५० वटा ट्रक सिसडोल जान्थे । तर अहिले दैनिक सयवटा मात्र गइरहेको उनले बताए ।

‘मुस्किलले दिनमा सय वटा ट्रकले फोहोर लगिरहेका छन् यो क्रममा अझै ५ देखि ७ दिनसम्म लाग्न सक्छ’ उनले भने ।

उपत्यकाको दैनिक लगभग ११ सय मेट्रिक टन फोहोर उत्पादन हुन्छ । यसमध्ये ७५ प्रतिशत फोहोर सिसडोलमै विर्सजन गर्ने गरिएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ४ : ३२ बजे

इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

तेहरान – इरानले शुक्रबार युद्धविराम अवधिमा व्यवसायिक जहाजहरूका लागि हर्मुज

इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

तेहरान- इरानले शुक्रबार युद्धविराम अवधिमा व्यवसायिक जहाजहरूका लागि हर्मुज जलमार्ग

संसद्‍मा रास्वपाले मिलाएको शक्ति सन्तुलन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले दुईतिहाइ बहुमतभन्दा दुई सिट कम अर्थात्

वरिष्ठ साहित्यकार विनोदीलाई ‘गोरखा सर्जक सम्मान’

काठमाडौं- : वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीलाई ‘गोरखा सर्जक सम्मान’ प्रदान