काठमाडौँ महानगरभित्रको फोहोर अझै एक साता नउठ्ने « Khabarhub

काठमाडौँ महानगरभित्रको फोहोर अझै एक साता नउठ्ने



काठमाडौँ– काठमाडौँ उपत्यकाका सडक छेऊ तथा चोकमा यतिबेला फोहोरका डंगुर थुप्रिन थालेका छन् ।

केही दिनदेखि काठमाडौँको फोहोर उठ्न नसक्दा फोहोर थुप्रिएका हुन् ।

फोहोर उठ्न नसक्दा काठमाडौँ दुर्गन्धित बन्दै गएको छ । त्यस्तै फोहोरका कारण मुख छोपेर हिड्नु पर्ने बाध्यता छ ।

काठमाडौँवासीका लागि यो समस्या नयाँ भने होइन ।

केही वर्षयता मनसुन शुरू भएपछि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या हुने गरेको र मुश्किलले उठ्ने गरेको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

उपत्यकामा उत्सर्जित फोहोरमैलाको अन्तिम विर्सजनस्थल नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नम्बर २ स्थित ल्याण्डफिल साइटमा विर्सजन गर्दै आइरहेको छ ।

तर हाल निरन्तरको वर्षाका कारण सडक बिग्रिएको र फोहोरका गाडी अन्तिम विर्सजन स्थलसम्म पुग्न समस्या भएको महानगरका प्रवक्ता इश्वरमान डंगोलले खबरहबलाई बताए ।

विगतमा पनि यो समस्या दोहोरिने गर्थ्यो । ८/१० दिनसम्म फोहोरका गाडी सिसडोल पुग्न नसकेको अवस्था पनि थियो । तरपनि सडक मर्मतको काम नहुँदा यस वर्षपनि उही समस्या दोहोरिएको उनले बताए ।

‘अविरल वर्षाका कारण ल्याण्डफिल साइटमा करिब २ किलोमिटर सडक बिग्रिएको छ’ उनले भने ‘जब वर्षा रोकिन्छ तब फाहोर संकलन सुचारु हुनेछ ।’

उनकाअनुसार अन्य दिन काठमाडौँबाट फोहोर बोकेर १ सय ५० वटा ट्रक सिसडोल जान्थे । तर अहिले दैनिक सयवटा मात्र गइरहेको उनले बताए ।

‘मुस्किलले दिनमा सय वटा ट्रकले फोहोर लगिरहेका छन् यो क्रममा अझै ५ देखि ७ दिनसम्म लाग्न सक्छ’ उनले भने ।

उपत्यकाको दैनिक लगभग ११ सय मेट्रिक टन फोहोर उत्पादन हुन्छ । यसमध्ये ७५ प्रतिशत फोहोर सिसडोलमै विर्सजन गर्ने गरिएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ४ : ३२ बजे

राप्रपाको १६ बुँदे निर्णय : पूर्वराजा, दल र जेन-जीबीच खोज्यो नयाँ सहमति, मंसिर २३ गते शक्ति प्रदर्शन गर्ने

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठकले

सोलुखुम्बुबाट एमालेका सबै महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

सोलुखुम्बु– नेकपा एमालेको आशन्न ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सोलुखुम्बु

सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : भीम रावल

कैलाली– नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले अन्तरिम सरकारले

प्रधानमन्त्रीसँग एमालेको अडान : यो सरकारको वैधताको छिनोफानो सर्वोच्च अदालतले गर्नुपर्छ

काठमाडौं- नेकपा एमालेका नेताहरूले जेन-जी आन्दोलनपछि गत भदौ २७ गते

ब्याटिङमा सुमीत र बलिङमा विपीन चम्किँदा पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत जनकपुर