‘अ ग्लास अफ ह्याप्पीनेस’मा लकडाउन कथाव्यथा « Khabarhub

‘अ ग्लास अफ ह्याप्पीनेस’मा लकडाउन कथाव्यथा


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–वेब सिरिज ‘अ ग्लास अफ ह्याप्पीनेस’ निर्माण गरिएको छ । छायांकार सुदीप बरालको निर्माणमा सुदीप भजु, विकास न्यौपाने र संजीवरत्न शाक्यको लेखन तथा निर्देशन रहेको उक्त वेब सिरिज ४ भागको छ ।

सुदीपले वेब सिरिज भिडियो पसल, डिस होम, नेट टिभीलगायत राष्ट्रिय र अन्तराष्ट्रिय एप तथा वेब सर्पmरहरुमा आगामी साताबाट हेर्न सकिने तर युट्युबमा अपलोड नहुने बताए ।

वेब सिरिजमा लकडाउनमा फसेका नवविवाहित जोडी, विवाहित जोडी तथा किशोरावस्थाका साथीहरु गरी तीन फरक फरक कथा समावेश गरिएको छ । सिरिजमा लकडाउनका समयमा फसेका तीन फरक–फरक जोडीको कथा देखाइएको छ ।

सिरिजमा मेनु्का प्रधान, रञ्जना भट्टराई, अनु दहाल, निकिता आचार्य, गौरव विष्ट, सुदीप भुजु, विकास न्यौपानेको अभिनय रहेको छ । सिरिजमा उज्वल बस्ताकोटीको छायांकन छ ।

२०१० मा अस्कर ईन्टरनेशनल कलेजमा अध्ययन गर्नेे क्रममा सुरु भएको सुदीप भजु, विकास न्यौपाने र संजीवरत्न शाक्यले त्यही समयदेखि नै कला क्षेत्रमा सहकार्य गर्दैै आईरहेका थिए । वेब सिरिजमा किशोरराज खाँण सह–निर्माता रहेका छन् भने यो बेब सिरीजको प्रवद्र्धन ओएसआर डिजीटलले गरेको छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ५ : ०० बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ