सामान्य अंकले बढ्यो नेप्से, १८ अर्ब २० करोडको कारोबार « Khabarhub

सामान्य अंकले बढ्यो नेप्से, १८ अर्ब २० करोडको कारोबार


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज शेयर बजार नेप्से परिसूचक ० दशमलव २३ अंकले बढेर ३,१६० दशमलव ३२ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा २२१ वटा कम्पनीको ३ करोड ६ लाख १३ हजार ४३९ कित्ता शेयर किनबेच हुँदा १८ अर्ब २० करोड ४९ लाख ३९ हजार रुपैयाँको शेयर कारोेबार भएको छ ।

आज सबैभन्दा धेरै अपि पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ८६ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, हाइड्रोइलेक्टीसिटीको ६२ करोड ४० लाख, अरुण कावेली पावर कम्पनीको ६० करोड ३४ लाख, रिडी हाइड्रोपावर कम्पनीको ५५ करोड १९ लाख र अरुण भ्याली हाइड्रोपावर कम्पनीको ४३ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गोर्खाज फाइनान्स, फर्स्ट माइक्रोफाइनान्स, दिव्यश्वरी हाइड्रोपावर कम्पनी, अरुण कावेली पावर कम्पनी, आँखुखोला हाइड्रोपावर कम्पनी, जोशी हाइड्रोपावर कम्पनी, पञ्चकन्या माइ हाइड्रोपावर कम्पनी, हिमाल दोलखा हाइड्रोपावर, माउन्टेन इनर्जी, सिइडीबि हाइड्रोपावर कम्पनी र जीवन बिकास लघुवित्तका लगानीकर्ताले कमाएका छन् ।

आज सबैभन्दा धेरै नविल प्रगति फण्डका इकाईधनीले गुमाएका छन् ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ४ : ५७ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट