उद्योग वाणिज्य महासंघ र राप्रपा नेतृत्वबीच छलफल « Khabarhub

उद्योग वाणिज्य महासंघ र राप्रपा नेतृत्वबीच छलफल


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय आर्थिक रुपान्तरणसम्बन्धी भिजन पेपरलाई प्रभावकारी कार्यान्वयनमा लैजाने ध्येयका साथ नेपाल उद्योग वाणिज्य महासङ्घले राजनीतिक दलसँगको छलफल शुरु गरेको छ ।

सोही क्रममा आज महासङ्घले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसँग छलफल गरेको हो ।

छलफलमा महासङ्घका अध्यक्ष शेखर गोल्छा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षहरू कमल थापा, पशुपतिशमसेर जबरा र डा प्रकाशचन्द्र लोहनी, महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललगायत सहभागाी भएका थिए ।

सो अवसरमा महासङ्घका अध्यक्ष गोल्छाले भिजन पेपरका बारेमा जानकारी दिँदै यसको सफल कार्यान्वयनमा महासङ्घले सबै राजनीतिक दलहरूको सहयोग खोजेको बताए ।

मुलुकको अर्थतन्त्र १०० अर्ब अमेरिकी डलर पु¥याउने, थप २३ लाख अतिरिक्त रोजगारी सिर्जना गर्ने र जीडीपीको अनुपातमा व्यापार घाटा आधा घटाउने मुख्य लक्ष्यका साथ ल्याइएको भिजन पेपरको सफल कार्यान्वयनका लागि सरकार, सबै राजनीतिक दल, निजी क्षेत्रको संयुक्त सहयोग र सहकार्यबाट मात्र सम्भव हुने उनको भनाइ थियो ।

सरकारको वार्षिक बजेट तथा राष्ट्र बैंकको मौद्रिक नीतिमार्फत आएका कतिपय कार्यक्रम तथा नीति भिजन पेपरको कार्यान्वयनलाई सहज बनाउने खालको आएको भन्दै अध्यक्ष गोल्छाले प्रसन्नता व्यक्त गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट तीनै जना अध्यक्षले आफ्नो दल यतिखेर आर्थिक नीति बनाउने तयारीमा रहेकाले निजी क्षेत्रसँग सल्लाह सुुझाव लिने उद्देश्यले महासङ्घको नेतृत्वसँग छलफल गर्न आएको जानकारी दिएका थिए ।

महासङ्घले अगाडि सारेको भिजन पेपर र त्यसले लिएका लक्ष्य निकै नै महत्वपूर्ण रहेको र यो दस्तावेज सरकार तथा सबै राजनीतिक दलका लागिसमेत अत्यन्त महत्वपूर्ण रहेको भन्दै यसको सफल कार्यान्वयनमा आफ्नो दलको तर्फबाट पूर्ण सहयोग रहने विश्वास दिलाएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  १० : ०३ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

सुदूरपश्चिम– लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस

दुग्धजन्य उत्पादनमा शुल्क वृद्धि ‘अनुचित’ 

ब्रसेल्स– चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ

तेहरान– इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको र

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको