चाडपर्व लक्षित सुपथ मूल्य पसल आजबाट खुल्दै, के के सहुलियत ? | Khabarhub Khabarhub

चाडपर्व लक्षित सुपथ मूल्य पसल आजबाट खुल्दै, के के सहुलियत ?


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुलुकका ४३ स्थानमा आजबाट सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।

कम्पनीले कार्यालय रहेका ३९ जिल्लाका ४३ स्थानमा सुपथ मुल्य पसल सञ्चालन गर्ने जनाएको हो ।

सरकारले चाडपर्वको अवसरमा हरेक वर्ष दशैँ, तिहार र छठ पर्वका बेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले असोज १ गतेदेखि कार्यालय रहेका स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याइने जानकारी दिइन् ।

उनका अनुसार कम्पनीले यस वर्ष चामल, दाल, चिउरा, पिठो र तेलमा रु पाँच तथा भटमासको तेल, मासु र कर्णाली सिमीमा रु १० छुट दिनेछ । कम्पनीले काठमाडौँ उपत्यकामा खाद्यको थापाथली, रामशाहपथ, नक्खु, लगनखेल र सूर्यविनायक बिक्री केन्द्रबाट सुपथ मूल्यमा खाद्य सामग्री बिक्री वितरण हुने जनाएको छ ।

यस्तै, उपत्यकाबाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौँडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत स्थानबाट खाद्य वस्तु बिक्री वितरण हुने बताइएको छ । यस वर्ष खाद्य कम्पनीले च्याङ्ग्रा ल्याउने सम्भावना कम रहेको जनाएको छ । कोभिडका कारण कम्पनीले गत वर्षसमेत च्याङ्गाको बिक्री वितरण रोकेको थियो ।

खाद्य कम्पनीसँगै साल्ट टे«डिङ कर्पोरेसन र दुग्ध विकास संस्थान (डीडीसी) ले आफ्ना बिक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएका छन् । यसअघि नै कोभिड सङ्क्रमणलाई ध्यानमा राख्दै उपभोक्ताको भीडभाड नहुने गरी खाद्यान्न बिक्री वितरण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन कम्पनीलाई निर्देशन दिइसकेको छ । असोज १ गतेदेखि सञ्चालन हुने सुपथ मूल्य पसल कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछ

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ६ : ०६ बजे

कोशी नदीका सिकारी : आफ्नै नम्बरी जग्गामा बगेको कोशीबाट निकाल्छन् काठ-दाउरा

धरान – वीरबहादुर माझी (६०) वराहक्षेत्र-६ सुनसरी स्थित कोशी किनारका

लेखकको जुँगा हेरेर तोकिन्छ किताबको मूल्य 

काठमाडौं- दशैँ नलाग्दै दशैँका लागि भनेर प्रकाशन गृहहरूले पुस्तकका आकर्षक ‘कभर

काठमाडौं उपत्यकामा इन्द्रजात्रा शुरू (तस्बिरहरू) 

काठमाडौं– आजदेखि काठमाडौं उपत्यकामा इन्द्रजात्रा शुरू भएको छ । वर्षा

कांग्रेसले रामहरिलाई सुनुवाइ समिति सभापतिको उम्मेदवार बनाउने 

काठमाडौं– नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिबाट राजीनामा दिएका

पुटिन बोले : ट्रम्पले भारत–चीनलाई धम्क्याउन बन्द गरून्, ट्यारिफले कोही डराउँदैन

बेइजिङ- रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भारत