नेपालीहरुका लागि कतार प्रहरीको रोजगारी गुम्यो, मागपत्र रद्द (पत्रसहित) « Khabarhub

नेपालीहरुका लागि कतार प्रहरीको रोजगारी गुम्यो, मागपत्र रद्द (पत्रसहित)



दोहा– नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्यका रुपमा रहेको कतारले प्रहरीका लागि पठाएको मागपत्र रद्द गरेको छ । योसँगै नेपालीहरुका लागि कतार प्रहरीको अवसर गुमेको छ ।

दोहास्थित नेपाली दूतावासले श्रम तथा रोजगार मन्त्रालयलाई पत्र लेख्दै कतारको प्रहरी सेवामा कामदार भर्ना गर्न प्रमाणीकण गरेको मागपत्र रद्द गरेको जनाएको छ ।

कतारको आन्तरिक मन्त्रालयले नेपाली नागरिकको लागि दिइएको कोटामा अन्यत्रबाट नै पदपूर्ति गरिएको जानकारी दिएपछि दूतावासले मन्त्रालयलाई पत्र पठाएको हो ।

दूतावासले २९ अगस्ट २०२१ मा २ सय नेपालीलाई कतार प्रहरीमा भर्ना गर्ने गरी अल तकित म्यानपावरका नाममा मागपत्र प्रमाणीकरण गरेको थियो । तर सेप्टेम्बर १४ मा आन्तरिक मन्त्रालयले त्यो माग अन्तैबाट पूर्ति गरिसकेको भनेर सूचना जारी गरेपछि मागपत्र रद्द भएको हो ।

कतारले अघिल्लो वर्ष नै नेपालीलाई प्रहरीमा भर्ना लिने तयारी गरेको भए पनि नेपाल सरकार र म्यानपावरबीच कुरा नमिल्दा प्रक्रियामा ढिलासुस्ती भएको थियो । सोही कारणले पनि मागपत्र रद्द भएको दूतावासको भनाइ छ ।

नेपालमा एजेन्ट मार्फत म्यानपावरले चर्को रकम अशुली गरेको कारण कतारले मागपत्र रद्द गरेको धेरैको बुझाइ छ ।यस विषयमा गत मंसिरको पहिलो साता मागपत्र प्रमाणीकरण नभई केही म्यानपावर कम्पनीले अन्तर्वार्तासमेत लिएका थिए ।

विभागले मागपत्र प्रमाणीकरण नभइ अन्तर्वार्ता लिएको भन्दै म्यानपावरलाई कारवाहीको दायरामा ल्याएको थियो । कतारले यसअघि पहिलो पटक २०७६ फागुनमा १६९ जना नेपालीलाई कतार प्रहरीमा भर्ना गरिसकेको छ ।

यस्तो छ दूतावासले श्रम तथा रोजगार मन्त्रालयलाई पठाएको पत्र :

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  १० : २४ बजे

इभीमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान

भोटेकोशी बाढी : फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

बागलुङ– भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

नुवाकोट– यही भदौ १० गते भोटेकोशीमा नदीमा आएको बाढीले नुवाकोटको

गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

काठमाडौं– काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर