नेपालीहरुका लागि कतार प्रहरीको रोजगारी गुम्यो, मागपत्र रद्द (पत्रसहित) « Khabarhub

नेपालीहरुका लागि कतार प्रहरीको रोजगारी गुम्यो, मागपत्र रद्द (पत्रसहित)



दोहा– नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्यका रुपमा रहेको कतारले प्रहरीका लागि पठाएको मागपत्र रद्द गरेको छ । योसँगै नेपालीहरुका लागि कतार प्रहरीको अवसर गुमेको छ ।

दोहास्थित नेपाली दूतावासले श्रम तथा रोजगार मन्त्रालयलाई पत्र लेख्दै कतारको प्रहरी सेवामा कामदार भर्ना गर्न प्रमाणीकण गरेको मागपत्र रद्द गरेको जनाएको छ ।

कतारको आन्तरिक मन्त्रालयले नेपाली नागरिकको लागि दिइएको कोटामा अन्यत्रबाट नै पदपूर्ति गरिएको जानकारी दिएपछि दूतावासले मन्त्रालयलाई पत्र पठाएको हो ।

दूतावासले २९ अगस्ट २०२१ मा २ सय नेपालीलाई कतार प्रहरीमा भर्ना गर्ने गरी अल तकित म्यानपावरका नाममा मागपत्र प्रमाणीकरण गरेको थियो । तर सेप्टेम्बर १४ मा आन्तरिक मन्त्रालयले त्यो माग अन्तैबाट पूर्ति गरिसकेको भनेर सूचना जारी गरेपछि मागपत्र रद्द भएको हो ।

कतारले अघिल्लो वर्ष नै नेपालीलाई प्रहरीमा भर्ना लिने तयारी गरेको भए पनि नेपाल सरकार र म्यानपावरबीच कुरा नमिल्दा प्रक्रियामा ढिलासुस्ती भएको थियो । सोही कारणले पनि मागपत्र रद्द भएको दूतावासको भनाइ छ ।

नेपालमा एजेन्ट मार्फत म्यानपावरले चर्को रकम अशुली गरेको कारण कतारले मागपत्र रद्द गरेको धेरैको बुझाइ छ ।यस विषयमा गत मंसिरको पहिलो साता मागपत्र प्रमाणीकरण नभई केही म्यानपावर कम्पनीले अन्तर्वार्तासमेत लिएका थिए ।

विभागले मागपत्र प्रमाणीकरण नभइ अन्तर्वार्ता लिएको भन्दै म्यानपावरलाई कारवाहीको दायरामा ल्याएको थियो । कतारले यसअघि पहिलो पटक २०७६ फागुनमा १६९ जना नेपालीलाई कतार प्रहरीमा भर्ना गरिसकेको छ ।

यस्तो छ दूतावासले श्रम तथा रोजगार मन्त्रालयलाई पठाएको पत्र :

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  १० : २४ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक

रासायनिक मलको विकल्पमा गड्यौले मल

वालिङ – कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ–  पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले तेस्रो संस्करणको नेपाल