आमा बन्दै काजल अग्रवाल « Khabarhub

आमा बन्दै काजल अग्रवाल


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– फिल्म ‘सिंघम’ फेम अभिनेत्री काजल अग्रवाल हालका दिनमा गर्भवती भएको खबरले चर्चामा छिन् । गत वर्षको अक्टोबर ३० मा प्रेमी गौतम किचलूसँग काजलले मुम्बईमा विवाह गरेकी थिइन् । यो विवाहमा उनको परिवार र केही नजिकका साथीहरुलाई मात्र बोलाइएको थियो ।

विवाह पछि दुवैजना बिदा मनाउन गएका थिए । जसको तस्वीर काजलले सामाजिक सञ्जालमा राखेकी थिइन् । काजल गर्भवती भएको समाचार सञ्चारमाध्यममा आए पनि काजल र गौतमले यो विषयमा केही बोलेका छैनन् ।

काजलले आफू गर्भवती भएको विषयमा केही नबोले पनि उनले दुई ठूला फिल्मको सुटिङ रोकेपछि उनी गर्भवती भएको हो कि भन्ने अनुमान लगाइएको छ । उनले तत्कालका लागि कुनै पनि नयाँ फिल्ममा सम्झौता गरेकी छैनन् । चाँडै आमा बन्न सक्ने भएकाले पनि उनले सुटिङको काम रोकेको परिवारका एक सदस्यले बताए ।

हालका दिनमा काजलले काम गरिरहेको फिल्म ‘आचार्य’ र ‘घोस्ट’को निर्मातालाई उनी गर्भवती भएको खबर गरिएको छ । निर्माताले पनि उनलाई फिल्मको काम चाँडो गर्न या ब्रेक लिन भनेका छन् ।

सामाजिक सञ्जालमा सक्रिय हुने यी अभिनेत्री लामो समयदेखि सामाजिक सञ्जालबाट पनि टाढिएकी छन् । यसको कारण पनि उनको गर्भावस्थालाई नै मानिएको छ । केही समय अघि काजलको बहिनीले पनि काजल चाँडै आमा बनोस् भन्ने चाहना रहेको खुलाएकी थिइन् ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  १२ : २८ बजे

प्रचण्ड नेतृत्वको नेकपामा थप चार पार्टी समाहित हुँदै : आज एकता घोषणा

काठमाडौं – पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा

हङकङ आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्योः २७९ अझै बेपत्ता

काठमाडौं – हङकङको ताई पो क्षेत्रस्थित एक आवासीय क्षेत्रमा भीषण

आजदेखि एक सय दरको नयाँ नोट बजारमा

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपैयाँ दरको नयाँ

वचत तथा ऋण सहकारीहरूको अभिलेखीकरणका लागि ‘सफ्टवेयर’ प्रणाली

ललितपुर– राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार

१४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो

काठमाडौं – हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र झापा गाउँपालिका-२ र