रेडपान्डा जोगाउन कुकुरको बन्ध्याकरण ! « Khabarhub

रेडपान्डा जोगाउन कुकुरको बन्ध्याकरण !


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– विश्वमै दुर्लभ वन्यजन्तुको सूचीमा रहेको रेडपान्डा (हाब्रे) संरक्षण गर्न ताप्लेजुङमा कुकुरको बन्ध्याकरण गरिँदै आएको छ । कुकुरको आक्रमणबाट रेडपान्डा असुरक्षित बन्दै गएको पाइएपछि कुकुरको बन्ध्याकरण अभियान थालिएको हो ।

रेडपान्डा पाइने क्षेत्र वा बासस्थान नजिकका गाउँघरमा रहेका घरपालुवा तथा सामुदायिक कुकुरबाट रेडपान्डामाथि आक्रमण हुने गरेको छ । कुकुरको आक्रमणका कारण दुर्लभ रेडपान्डाको अस्तित्व थप संकटमा पर्दै गएपछि रेडपान्डा संरक्षण (जोगाउने) गर्ने उद्देश्यले कुकुर नियन्त्रण गर्न बन्ध्याकरण अभियान थालिएको हो ।

रेडपान्डाको संरक्षणमा क्रियाशील संस्थाहरु रेडपान्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले कुकुरको बन्ध्याकरण अभियान थालेका हुन् । रेडपान्डाको संरक्षण गर्न कुकुर नियन्त्रण गर्न आवश्यक देखिएपछि स्थानीय तहसँग समन्वय गरेर विगत ६ वर्षअघिदेखि नै बन्ध्याकरण अभियान थालेको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए । रेडपान्डा नेटवर्कको आर्थिक सहयोगमा सुरु गरिएको अभियानअन्तर्गत हालसम्म करिब ८५ वटा कुकुरको बन्ध्याकरण गरिएको राईले जानकारी दिए ।

उनका अनुसार गएको आर्थिक वर्षमा मात्र नौवटा कुकुरको बन्ध्याकरण गरिएको थियो । अभियानअन्तर्गत नै चालू आव ०७८र८९ मा कम्तीमा १८ वटा कुकुरको बन्ध्याकरण गर्ने योजना रहेको हिमाली संरक्षण मञ्चले जनाएको छ । बन्ध्याकरणसँगै कुकुरलाई रेबिजविरुद्ध खोप र भिटामिन पनि खुवाउन थालिएको छ । कुकुरलाई दिइने खोप र भिटामिनले पनि रेडपान्डा संरक्षणमा सघाउ पुग्ने मञ्चले जनाएको छ ।

कार्यक्रम संयोजक राईका अनुसार कुकुरको शरीर स्वस्थ भई मोटाउने र भद्दा हुने भएपछि सिकार गर्न नरुचाउने हुँदा रेडपान्डा संरक्षणमा सहयोग पुग्ने छ । रेडपान्डा पाइने नजिक क्षेत्रका गाउँमा रहेका कुकुर र बिरालोसमेतलाई रेबिजविरुद्धको खोप लगाउनुका साथै भिटामिन खुवाउन थालेको राईले बताए । उनका अनुसार गत साता मात्र चार सय १४ कुकुर र १९ वटा बिरालोलाई रेबिज रोगविरुद्ध खोप र भिडामिन उपलब्ध गराइएको छ ।

रेडपान्डा पाइने जिल्लाको मिक्वाखोला गाउँपालिका वडा नं ५ र ६ फाकुम्बामा ५३ वटा कुकुरलाई रेबिज रोगविरुद्धको खोप लगाएको र उक्त कुकुरलाई भिडामिन पनि खुवाइएको छ । पाथीभरा याङ्वरक गाउँपालिका वडा नं २ थेचम्बु र ३ तिरिङ्गेमा ६६ वटा, सिरिजङ्गा गाउँपालिका वडा नं ३ सिकैँचा वडा नंं ७ खेबाङ र ८ याम्फुदिन क्षेत्रमा एक सय ६३ वटा कुकुरलाई रेबिजविरुद्ध खोप र भिटामिन दिइएको छ ।

यस्तै, सिदिङ्वा गाउँपालिका–१ कालीखोलामा १६ वटा कुकुर, फुङ्लिङ नगरपालिका वडा नं १० फुरुम्बो र ११ फावाखोलामा ९६ वटा कुकुरलाई खोप र भिटामिन दिएको मञ्चले जनाएको छ । उक्त क्षेत्रमा केही बिरालोलाई पनि रेबिजविरुद्ध खोप लगाएको र भिटामिन खुवाएको हिमाली संरक्षण मञ्चका सचिव विवश केदेमले जानकारी दिए । उनका अनुसार रेबिज रोगविरुद्ध खोप लगाएको र भिटामिन खुवाएका अधिकांश कुकुर घरपालुवा छन् भने केही सामुदायिक छन् । मञ्चले संकलन गरेको तथ्यांकअनुसार ताप्लेजुङमा करिब एक सय ३४ वटा रेडपान्डा छन् । न्यूज कारखाना

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ३ : ३५ बजे

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज

एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको

सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी, कसरी लाग्यो आगो ?

काठमाडौँ – सर्वोच्च अदालतको निर्माणाधीन नयाँ भवनमा बुधबार पुनः आगलागी

मर्स्याङ्दी नदीमा पानीको सतह बढ्यो : सतर्कता अपनाउन आग्रह

लमजुङ– लगातार वर्षा भइरहेका कारण मर्स्याङ्दी नदीमा पानीको सतह बढेको

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण पहिरो जाँदा लमजुङ–मनाङ जोड्ने एकमात्र बेँसीसहर–चामे