डडेल्धुरा विवादबारे छलफल गर्न कांग्रेस शीर्ष नेताको बैठक बालुवाटारमा « Khabarhub

डडेल्धुरा विवादबारे छलफल गर्न कांग्रेस शीर्ष नेताको बैठक बालुवाटारमा


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा गएको भदौ २५ गते भएको पार्टीको वडा अधिवेशनबारे विवाद चर्किएपछि कांग्रेस शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसेको छ ।

सभापति देउवा इतर समूहले २५ गते गरिएको वडा अधिवेशन अस्वीकार्य रहेको भन्दै त्यसलाई मान्यता नदिन केन्द्रीय निर्वाचन समितिलाई चेतावनी दिएको भोलिपल्ट शुक्रबार सभापति देउवाले शीर्ष नेताहरुलाई बैठकमा बोलाएका हुन् ।

बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीहरु डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायतका नेताहरु सभागी रहेको बालुवाटार निकट स्रोतले जनायो ।

पौडेल पक्षले डडेल्धुराको विषयमा विवाद झिकेपछि सभापतिले बैठक बोलाएको देउवा निकट एकनेताले जानकारी दिए । अहिले बैठक चलिरहेको छ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ३ : १९ बजे

एमाले महाधिवेशन : विद्युतीय मेसिनमा सुस्त मतदान, दुई हजार मत खस्यो

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान जारी छ

निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

आज २०८२ साल पुस ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार