चोरीका मोटरसाईकल सहित ३ जना पक्राउ « Khabarhub

चोरीका मोटरसाईकल सहित ३ जना पक्राउ


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ट्राफिक प्रहरीले काठमाडौँस्थित थलीबाट चोरीका मोटरसाइकल सहित ३ जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले वागमती प्रदेश ०२–०१५ प ६१७२ नम्बरको २२० सिसिको कालो निलो पल्सरसहित तीन जनालाई पक्राउ गरेको हो ।

सिन्धुपाल्चोक पाँचपोखरी थामपालका बिजय धिताललाई कागेश्वरी–मनहरा वडा नं ५ स्थित थलीबाट नियन्त्रणमा लिएको जानकारी ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले दिए ।

उनले उक्त मोटरसाइकल धनी खोटाङ्ग घर भई काँडाघारी बस्ने संजीब राईले गएको भदौ ३१ गते पार्किङ्ग गरिरहेको स्थल लभडाँडा काँडाघारीबाट हराएको जानकारी दिएका थिए । सोही सुचनाको आधारमा खोजतलास गर्दै जाँदा उक्त स्कुटर फेला परेको एसएसपी भट्टराईले बताए।

पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान गर्ने क्रममा जिल्ला सिन्धुपाल्चोक मेलम्ची घर भई साँखु बस्ने बर्ष २६ को जीत बहादुर र २४ वर्षीय बिष्णु तामाङ्गको पनि संलग्नता खुलेको ट्राफिक प्रहरीले जनाएको छ । उनीहरुले अर्को मोटरसाइकल पनि चोरीको गरेको खुलेको छ ।

उनीहरुको साथबाट कोटेश्वरबाट हराएको निलो रङ्गको २२० सिसिको पल्सर पनि फेला परेको छ । तारकेश्वर बस्ने सुमन धितालको प्रदेश ३–०२–००१प ७२८६ नम्बरको उक्त मोटरसाइकलमा नम्बर परिवर्तन गरि प्रदेश ३–०२–००७ प ८४९४ भएको अबस्थामा पक्राउ गगरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका जीत बहादुर र बिष्णु दाजुभाई रहेको समेत अनुसन्धानबाट खुल्न आएको ट्राफिक महाशाखाले जनाएको छ ।

यसैबीच महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका बिभिन्न स्थानहरुबाट हराएका २४ मोटरसाइकलहरू फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । हस्तान्तरण गरिएका २४ मध्ये २० वटा मोटरसाइकल र ४ वटा स्कुटर रहेका छन् ।

मोटरसाइकल हस्तान्तरण कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले बिशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको बताए ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ३ : ५० बजे

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य