संविधान दिवसका अवसरमा झापामा सरसफाइ, निबन्ध प्रतियोगिता र फलफूल वितरण « Khabarhub

संविधान दिवसका अवसरमा झापामा सरसफाइ, निबन्ध प्रतियोगिता र फलफूल वितरण


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- जिल्लामा संविधान दिवस भव्य र हर्षोल्लासका साथ दीपावलीसहित विविध कार्यक्रम गरी मनाउने निर्णय गरिएको छ ।

जिल्लास्तरीय मूल समारोह समितिको बैठकले यही असोज २ देखि ४ गतेसम्म चोक, मठमन्दिर, गुम्बा, चर्च, गुरुद्वारा र मस्जिद सरसफाइ गर्ने र साँझ दीपावली गरेर संविधान दिवस मनाउने निर्णय गरेको छ ।

समितिले “संविधान कार्यान्वयनको छ वर्ष र लोकतन्त्र” विषयमा अन्तरमावि निबन्ध प्रतियोगिता सञ्चालन गर्ने, ३ गते कारागारमा रहेका कैदीबन्दीलाई खेलकूदका सामग्री हस्तान्तरण गर्ने, चन्द्रगढीस्थित ट्रेड युनियन चोकमा दीप प्रज्वलन गर्ने र मेची अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गर्ने कार्यक्रम रहेको सहायक प्रमुख जिल्ला कृष्ण शाहीले बताए ।

समितिले जिल्लाका स्थानीय तह तथा सामाजिक, धार्मिक र विभिन्न सङ्घसंस्थालाई संविधान दिवस भव्य रुपमा मनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  १० : ५९ बजे

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको