सैनिक हत्या मुद्दाको क्षेत्राधिकारबारे जिल्ला अदालतको आदेश सदर « Khabarhub

सैनिक हत्या मुद्दाको क्षेत्राधिकारबारे जिल्ला अदालतको आदेश सदर


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्या मुद्दाका विषयमा देखिएको विवादमाथि उच्च अदालत पाटन हेटौंडा इजालसले चितवन जिल्ला अदालतको आदेशलाई सदर गरेको छ ।

हत्या मुद्दाको क्षेत्राधिकारबारे चितवन जिल्ला अदालत र जिल्ला सरकारी वकिलको कार्यालयबीच विवाद देखिएको थियो । यस विवादलाई टुंग्याउँदै हेटौंडा इजलासले हत्या मुद्दा सैनिक अदालतलाई सुम्पने चितवन जिल्ला अदालतको आदेश सदर गरेको हो ।

उच्च अदालत हेटौंडा इजलासका न्यायाधीश चण्डीराज ढकाल र निर्मला शाक्यको सँयुक्त इजलासले बिहीबार जिल्ला अदालतको आदेश सदर गरेको उच्च अदालतको हेटौंडाका सूचना अधिकारी केशव कौशिकले जानकारी दिए ।

उच्च अदालतले सरकारी वकिल र जिल्ला अदालतका यी परस्पर विपरीत दावीमाथि कुनै राय दिएको छैन । सैनिक अदालतले मुद्दाको फैसला गरिसकेको कारण देखाएर केही गडबडी भएको भए पुनरावेदनमार्फत् सुधार गर्न सकिने भनेको छ । अघिल्लो आदेशमा क्षेत्राधिकार विषयको विवादमा आदेश दिँदै अदालतले फैसलाको सक्कल प्रति मगाएको थियो ।

गत १ भदौमा चितवन अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले कर्तव्य ज्यान र हतियार चोरी मुद्दामा अभियुक्त सेनाका जवान गंगाधर ढकाललाई सैनिक अदालतमा बुझाउने आदेश गरेको थियो । एकै व्यक्तिसँग जोडिएको फरक मुद्दामा नागरिक अदालतकै क्षेत्राधिकार रहेको सरकारी वकिलको तर्क थियो भने सैनिकले सैनिक ऐनअनुसार कारबाही हुनुपर्ने तर्क गरेका थिए ।

सैनिक ऐनको दफा ६६(१) मा हत्या बलात्कार, यातना र अपहरण कसुरलाई सैनिक अदालतको क्षेत्राधिकारमा नपर्ने भनी उल्लेख छ । यस मुद्दामा सरकारी वकिलले हत्या र हतियार चोरी दुवै मुद्दा नागरिक अदालतबाट हेर्नुपर्ने दावी गरेको थियो ।

चितवन अदालतले सैनिक ऐनको क्षेत्राधिकार भएको उल्लेख गरी सोही अदालतबाट कानुनी कारबाही अघि बढाउन आदेश गरेपछि जिल्लास्थित सरकारी वकिलको कार्यालय आदेशविरुद्ध उच्च अदालतमा गएको थियो । सरकारी वकिलको कार्यालय नागरिक अदालतको क्षेत्राधिकारको विषय अन्तर्गत पर्ने भन्दै पुनरावलोकनका लागि माथिल्लो निकायमा गएको हो ।

जिल्ला अदालतले पाटन उच्च अदालतको हेटौंडा इजलासमा कैफियत प्रतिवदेन पठाएको थियो । उच्च अदालतबाट गत १७ भदौमा प्रतिवेदन मागका सम्बन्धमा आदेश भएपछि चितवन अदालते प्रतिवेदन पठाएको हो ।

गंगाधर ढकालले सहकर्मी भरत गुरुङको गत ७ साउनमा हत्या गरेपछि चोरी भएको हतियारबारे रहस्य बाहिरिएको थियो । चोरी भएको र भरतको हत्यामा प्रयोग भएको हतियार (१००७९२ र वट नं ख २५) एउटै भएपछि घटनाले नयाँ मोड लिएको थियो । हत्या आरोप लागेका गंगाधरविरुद्ध सैनिक अदालतले २५ वर्ष कैद तोकेको छ । न्यूज कारखाना

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ५ : १० बजे

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको