साल्ट ट्रेडिङद्वारा ३२ स्थानमा सुपथ मूल्य पसल सञ्चालन « Khabarhub

साल्ट ट्रेडिङद्वारा ३२ स्थानमा सुपथ मूल्य पसल सञ्चालन


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पाेरेसनले काठमाडौँ उपत्यकाका ६ स्थान सहित देशका ३२ स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ ।

आजदेखि सञ्चालन गरिएको सो पसल आगामी कात्तिक २४ गतेसम्म जारी रहने कम्पनीले जनाएको छ । यसअघि नै सञ्चालनमा रहेका बिक्री काउन्टरमा नै ती पसल सञ्चालन गरिएको जनाइएको छ । उपभोक्ताले नून प्रतिकिला रु १८, चिनी प्रतिकिलो रु ७९ मा र अन्य खाद्यान्न प्रतिकिलो रु पाँचदेखि दशसम्म छुट पाउने कम्पनीले जनाएको छ ।

कम्पनीले उपत्यकाभित्र कालीमाटीमा दुई स्थान, कोटेश्वर, सतुङ्गल, जावलाखेल, भक्तपुरका बिक्री कक्षसँगै दैनिक तीन मोबाइल भ्यानबाट घुम्ती सेवासहित देशभर करिब ३२ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको जनाइएको छ । पसल बिहान १० देखि साँझ ५ बजेसम्म सञ्चालन हुने छ ।

सरकारले यो वर्ष चाडर्वमा उपभोक्तालाई सहुलियत दिनका लागि रु तीन करोड छुट्याएको छ । दशैँ, तिहार र छठलाई लक्षित गरेर उपभोक्तालाई सुपथ पसल सञ्चालन गरेर सहुलियत दिनका लागि रु तीन करोड २५ लाख छुट्याएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयले खाद्य कम्पनीका लागि रु एक करोड ७५ लाख र कर्पोरेसनका लागि डेढ करोड रकम छुट्याइएको जनाइएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ५ : ४३ बजे

बुटवल–नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी– शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई

अब राजनीति ‘पुस्तान्तरण’ उल्टाउन सकिँदैन: बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०८२ को आमनिर्वाचनको परिणामले

अस्वस्थ खानपान र तनावले बढ्यो हृदयघात, कसरी बच्ने ?

काठमाडौँ – गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाहीको

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : प्रमुख एजेन्डा चुनाव समीक्षा

काठमाडौँ – शुक्रबार सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक