किसानलाई अलैँची टिप्न भ्याइनभ्याइ « Khabarhub

किसानलाई अलैँची टिप्न भ्याइनभ्याइ


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– पूर्वी पहाडी जिल्लाका किसानहरूलाई कालो सुनले परिचित अलैँची भित्र्याउने चटारो सुरु भएको छ । नजिकिदै गरेको दशैँजस्ता ठूला पर्वहरूका लागि खर्च जुटाउन समयमै अलैँची बिक्री गर्ने गरेका छन् । अर्थतन्त्रको मुख्य मेरूदण्डको रूपमा रहेको अलैँची भित्र्याउन अहिले तेह्रथुमका किसानलाई भ्याइनभ्याइ छ ।

केही वर्षअघि एक लाख पाँच हजार रुपैयाँसम्म प्रतिमन पुगेको अलैँचीको मुल्य अहिले खस्किए पनि किसानहरूमा भने निराश छाएको छैन । तेह्रथुमका अलैँची किसानले पाँचदेखि ५० रोपनी क्षेत्रफलमा अलैँची खेती गर्दै आएका छथर–६ सुदापका जीवन मगर बताउँछन् ।

अहिले बजारमा अलैँची प्रतिमन २८ हजारदेखि ३२ हजार रुपैयाँ खरिद बिक्री हुँदै आएको व्यापारीले बताएका छन् । जिल्लाको ईवा, ह्वाकु, संग्रान्ती, खाम्लालुङ, सम्दु, ईसिबु ओयाक्जुङ, जलजले, सिम्ले, मोराहाङ श्रीजुङ, पौठाक, आङबुङ, जिरीखिम्ती , ,सोल्मा, सुङनाम फुलेक दाँगपा,बसन्तपुर सुदाप आङदिम लगायतका स्थानमा बगानको रूपमा अलैँची खेती हुँदै आएको छ ।

सात सय २३ हेक्टर क्षेत्रफलमा अलैँचीको खेती गर्दै आएका किसानहरूको समस्या समाधनका निम्ति सरकारले गुणस्तरस्तरको मुल्य निर्धारण गरी बजार व्यवस्थापन गर्न सके मात्र किसानहरूलाई राहत मिल्ने किसान नारायण लिम्बूले बताए । न्यूज कारखाना

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ४ : ०० बजे

प्रचण्ड नेतृत्वको नेकपामा थप चार पार्टी समाहित हुँदै : आज एकता घोषणा

काठमाडौं – पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा

हङकङ आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्योः २७९ अझै बेपत्ता

काठमाडौं – हङकङको ताई पो क्षेत्रस्थित एक आवासीय क्षेत्रमा भीषण

आजदेखि एक सय दरको नयाँ नोट बजारमा

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपैयाँ दरको नयाँ

वचत तथा ऋण सहकारीहरूको अभिलेखीकरणका लागि ‘सफ्टवेयर’ प्रणाली

ललितपुर– राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार

१४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो

काठमाडौं – हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र झापा गाउँपालिका-२ र