कांग्रेस क्रियाशील सदस्यता विवाद भोलिसम्म टुङ्ग्याउने सहमति « Khabarhub

कांग्रेस क्रियाशील सदस्यता विवाद भोलिसम्म टुङ्ग्याउने सहमति


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसको क्रियाशील सदस्यता शनिबार दिउँसोसम्म टुङ्ग्याउने सहमति भएको छ । शुक्रबार भएको शीर्ष नेताहरुको बैठकले सार्वजनिक हुन बाँकी रहेका १२ जिल्लाको क्रियाशील सदस्यता शनिबार दिउँसो १ बजेसम्म टुङ्ग्याएर निर्वाचन समितिलाई सार्वजनिक गर्न दिने सहमति भएको एक नेताले जानकारी दिए ।

उनका अनुसार कृष्ण सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको समितिको बैठक बसेर क्रियाशील विवाद समाधान गर्ने सहमति भएको छ । यही असोज ५ गते वडा अधिवेशन हुन बाँकी रहेका २० जिल्लाको वडा अधिवेशन गर्ने कार्यतालिका छ ।

तर, हालसम्म २० मध्ये ८ जिल्लाकोमात्र क्रियाशील सदस्यता सार्वजनिक गरिएको छ । अझै १२ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक हुन नसक्दा ती जिल्लाहरुमा केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रतिनिधि खटाउन सकेको छैन ।

प्रदेश नम्बर २ का सबै जिल्ला र अन्य प्रदेशका केही जिल्लाहरुको वडा अधिवेशन असोज ५ गते गर्ने कार्यतालिका छ ।

उता सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा भदौ २५ गते भएको अधिवेशनबारे भने शुक्रबारको बैठकमा खासै छलफल नभएको एक नेताले जानकारी दिए । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले २५ गतेको सो वडा अधिवेशन अस्वीकार्य रहेको बताएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ७ : ०० बजे

ट्याक्टरको ठक्करबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी– ट्याक्टरको ठक्करबाट गुल्मीको मदाने गाउँपालिकाका एक युवाको मृत्यु भएको

जय ट्रफी फाइनल : आर्मीले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै पुलिस

काठमाडौँ – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनल खेल

काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व

कैलाली भन्सारबाट ५ अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली– कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा पाँच अर्ब

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

दाङ– दाङको देखुरीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु