मसरुम (च्याउ) मटर ग्रेबी बनाउने तरिका

By खबरहब

October 17, 2021

आवश्यक सामग्री:

२५० ग्राम मटर दाना, ५०० ग्राम गोलो च्याउ सफा गरी नुन पानीमा उसिन्नु, २०० ग्राम प्याज मसिनो काट्नु, २०० ग्राम गोलभेडा मसिनो काट्नु, १/१ टेबुल चम्चा लसुन अदुवा, पेष्ट, १/१ चियाचम्चा जिरा धनियाँ धुलो, १/२ चियाचम्चा बेसार, खोर्सानी धुलो, ल्वाङ सुकुमेल तेजपत्ता २/३ वटा, एक चौथाई चियाचम्चा गरम मसला, नुन इच्छा अनुसार र ५० ग्राम तेल ।

बनाउने तरिका:

तेल तताई तेजपात, ल्वाङ, सुकुमेल, फुराउनु र प्याज फ्राइ गर्नु । प्याज रातो भएपछि लसुन गोलभेडा र अन्य मसला मटर मसरुम राखी छोपेर १०/१५ मिनेट पकाउनु । अब आवश्यक पानी राखी ग्रेवी बनाउनु । गरम मसला राखी खान दिनु ।

साभार:सजिलो कुकिङ पुस्तकबाट