काबुल-तालिवानले अदालतको फैसलाबिना सार्वजनिक स्थानमा अमानवीय ढंगले सजाँय नदिन स्थानीय अधिकारीहरुलाई निर्देशन दिएको छ।
मन्त्रिपरिषद्ले अदालतले दोषी करार नगर्दासम्म स्थानीय अधिकारीहरुले सार्वजनिक स्थानमा सजाँय दिन नपाउने निर्णय गरेको तालिवानका प्रवत्ता जाबिहुल्ला मुजाहिदले बताए । सरकारका निर्णय सुनाउदै मुजाहिदले भने, ‘सर्बोच्च अदालतले फैसला नगरेसम्म स्थानीय स्तरमा हुने मृत्युदण्डका सजाँय तत्काल रोकिनुपर्छ ।’
दोषीलाई सजाँय दिँदा उमाथि लागेको अभियोगबारे सर्वसाधरणलाई जानाकारी दिनुपर्ने उनको भनाई थियो । तालिवानले दोषीलाई मृत्युदण्डलगायतका कडा सजाँय दिने घोषण गरेपछि स्थानीय तहका अधिकारीहरुले आरोपितलाई सार्वजनिक स्थलमा लगेर अमानवीय ढंगले यातना दिएका थिए ।
तालिवानका सहसस्थापक मुल्लाह नोरुद्दिन तुराबीले पनि दोषीलाई शरिया कानुनअनुसार सजाँय दिइने बताएका थिए । ‘कठोर सजाँयका लागि धेरैले हाम्रो आलोचना गर्छन । तर, हामीले कहिल्यै पनि उनीहरुको कानुनबारे एक शब्द बोलेका छैनौ’ केही समयअगाडि एक अन्तर्वार्तामा उनले भनेका थिए ।
उनको अभिव्यक्ति लगत्तै तालिवानले चोरीको आरोपमा चार जनाको हत्या गरेर सार्वजनिक स्थलमा झुन्डाएका थिए ।













प्रतिक्रिया