दशैँको अवसरमा ‘प्रथम मलिथम फुटवल च्याम्पियनसिप-२०२१’  « Khabarhub

दशैँको अवसरमा ‘प्रथम मलिथम फुटवल च्याम्पियनसिप-२०२१’ 


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- उदयपुरको बेलका नगरपालिका– १ जनता बेलका मावि पुरन्दहको खेल मैदानमा मलिथम थारु सेवा समाज उदयपुरले दशैँको अवसरमा ‘प्रथम मलिथम फुटबल च्यान्पियनसिप कप २०२१’ आयोजना गरेको छ ।

थारु समुदायको विकास तथा लागू पदार्थ दुर्व्यसनीको बढ्दो विकृति कम गर्ने अभियानअन्तर्गत थारु समुदायको युवालाई लक्षित गरी खेलको आयोजना गरिएको मलिथम थारु सेवा समाज उदयपुरका अध्यक्ष सञ्जय चौधरीले बताए ।

सहभागी आठ टिममध्ये लक्ष्मीपुर एफसी र टिएफसि ज्यामिरे पहिलो चरणमा शनिवार उद्घाटन खेल खेल्दै छ । यस्तै, दोस्रो चरणमा चौदण्डीगढी एफसी र हिमालयन युवा क्लब मोथियाहीबीच खेल हुदैँछ ।

कार्तिक २ गते हुने फाइनलमा विजेताले नगद २५ हजारसँगै ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् भने उप विजेताले ट्रफी,मेडल र प्रमाण पत्रसँगै नगद १५ हजार प्राप्त गर्ने खेलकुद व्यवस्थापक कृष्णमान चौधरीले बताए ।

थारु समुदायलाई लक्षित गरी सञ्चालन हुन गइरहेको प्रथम मलिथम फुटबल च्यान्पियनसिपको उद्घाटन प्रदेश १ प्रदेश सभा सदस्य  सुनिताकुमारी चौधरीले गरेकी थिइन् ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ११ : ०० बजे

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,

माघ महिनामा वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको ब्याजदर थप घट्यो

काठमाडौं– सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले आगामी माघ महिनाका लागि मुद्दतीतर्फको

किसानलाई सखरखण्ड खन्न र बिक्री गर्न भ्याइ नभ्याइ

घोराही– यहाँको देउखुरी राप्ती नदी उकास जमिन, पाँगो बलौटे माटो

मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ पिपिराचोकमा कर्णाली प्रदेश०२–००२प३२७१ नम्बरको मोटरसाइकलले ठक्कर