दशैँको अवसरमा ‘प्रथम मलिथम फुटवल च्याम्पियनसिप-२०२१’  « Khabarhub

दशैँको अवसरमा ‘प्रथम मलिथम फुटवल च्याम्पियनसिप-२०२१’ 


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- उदयपुरको बेलका नगरपालिका– १ जनता बेलका मावि पुरन्दहको खेल मैदानमा मलिथम थारु सेवा समाज उदयपुरले दशैँको अवसरमा ‘प्रथम मलिथम फुटबल च्यान्पियनसिप कप २०२१’ आयोजना गरेको छ ।

थारु समुदायको विकास तथा लागू पदार्थ दुर्व्यसनीको बढ्दो विकृति कम गर्ने अभियानअन्तर्गत थारु समुदायको युवालाई लक्षित गरी खेलको आयोजना गरिएको मलिथम थारु सेवा समाज उदयपुरका अध्यक्ष सञ्जय चौधरीले बताए ।

सहभागी आठ टिममध्ये लक्ष्मीपुर एफसी र टिएफसि ज्यामिरे पहिलो चरणमा शनिवार उद्घाटन खेल खेल्दै छ । यस्तै, दोस्रो चरणमा चौदण्डीगढी एफसी र हिमालयन युवा क्लब मोथियाहीबीच खेल हुदैँछ ।

कार्तिक २ गते हुने फाइनलमा विजेताले नगद २५ हजारसँगै ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् भने उप विजेताले ट्रफी,मेडल र प्रमाण पत्रसँगै नगद १५ हजार प्राप्त गर्ने खेलकुद व्यवस्थापक कृष्णमान चौधरीले बताए ।

थारु समुदायलाई लक्षित गरी सञ्चालन हुन गइरहेको प्रथम मलिथम फुटबल च्यान्पियनसिपको उद्घाटन प्रदेश १ प्रदेश सभा सदस्य  सुनिताकुमारी चौधरीले गरेकी थिइन् ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ११ : ०० बजे

आचारसंहिता पालनामा मानवअधिकार आयोगले उठायो गम्भीर

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले ४२ जिल्लाको स्थलगत अनुगमनका आधारमा

देशभरका छ हजार ७४३ वडामा दिइयो मतदाता शिक्षा

काठमाडौं – आमनागरिकलाई मताधिकारको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी दिने

मध्यपूर्वका १२ राष्ट्रलाई दिँदै आएको श्रम स्वीकृति स्थगन

काठमाडौँ – काठमाडौं । नेपाल सरकारले मध्यपूर्वका १२ राष्ट्रमा वैदेशिक

मध्यपूर्वमा अलपत्र नेपालीलाई सरकारले त्यही सुरक्षा दिएर राख्ने

काठमाडौं – सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र परेका

इजरायल र अमेरिकाद्वारा पछिल्लो २४ घण्टामा इरानमाथि १२ सय बढी बम प्रहार गरेका दाबी

इजरायल – इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनेई को मृत्यु