एनआरएनएको कार्यकाल ६ महिना थप, एक स्वतन्त्र समिति गठन « Khabarhub

एनआरएनएको कार्यकाल ६ महिना थप, एक स्वतन्त्र समिति गठन


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन- गैर आवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ ।

गैर आवासीय नेपाली संघको शनिवार सम्पन्न बैठकले विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको संघका सचिव गौरीराज जोशीले जानकारी दिए  ।

कुमार पन्तको अध्यक्षतामा बसेको भर्चुअल बैठकले संघको १०औं महाधिवेशन तथा निर्वाचन आगामी ३० नोभेम्बरभित्र गर्ने निर्णय गरेको छ ।

यसअघि संघको महाधिवेशन प्रतिनिधि छनोटको विषयमा विवाद हुँदा परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि मन्त्रालयले संघको निर्वाचन सम्बन्धी सम्पूर्ण प्रकृया रोक्न पत्राचार गरेको थियो ।

मन्त्रालयको पत्रपछि २३ देखी २५ अक्टोबरका लागि तय गरिएको महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको थियो ।

बैठकले  महाधिवेशन प्रतिनिधिहरूका विषयमा आएका गुनासा सम्बोधन गर्न संघका पूर्वअध्यक्षहरुसँगको परामर्शमा एक स्वतन्त्र समिति गठन गर्ने निर्णय गरेको छ ।

बैठकमा केन्द्रीय पदाधिकारी, सल्लाहकारसहित करिब १०० भन्दा बढी सदस्यहरूले आआफ्ना भनाई राखेका थिए ।

अध्यक्ष पदको लागि वर्तमान कार्यसमितिका उपाध्यक्षद्वय डा. बद्री केसी, रविना थापा र पूर्वउपाध्यक्ष कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।

संघका महासचिव डा। हेमराज शर्माका अनुसार संघको महाधिवेशनमा पेश हुने वार्षिक तथा आर्थिक प्रतिवेदन समेत संघको विधान अनुसार १ महिना अगावै सार्वजनिक  भइसकेका छन् ।

संघको १० औं महाधिवेशन तथा विश्व सम्मेलनको लागि ६४ देशका ३ हजार ५ सय प्रतिनिधिहरु चयन भइसकेका छन् । संघको विधानअनुरुप यसअघि नै राष्ट्रिय समितिको महाधिवेशनबाट अन्तराष्ट्रिय समन्वय परिषद्को सदस्यहरु चयन भैसकेका छन् भने आगामी निर्वाचनबाट क्षेत्रीय संयोजक सहित ४८ जना पदाधिकारी निर्वाचित हुने छन् ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ९ : १० बजे

मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु

खार्तुम – मध्य सुडानको भीडभाड रहेको बजारमा ड्रोन आक्रमणमा परी

घाइते चितुवा मर्‍यो, कर्मचारी घाइते

अर्घाखाँची – जिल्लाको मालारानी गाउँपालिका—३ मा पासोमा परी घाइते भएको

फेरि पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका

जेनजी आदोलनका क्रममा कारागारबाट भागेका सात जना पक्राउ

काठमाडौं – गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट

मनाङ मर्स्याङ्दी क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

कास्की – मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय