म्यानमारका सेना प्रमुखलाई आसियानले बहिस्कार गर्ने « Khabarhub

म्यानमारका सेना प्रमुखलाई आसियानले बहिस्कार गर्ने


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्यानमार- दक्षिण पूर्वी एशियाली राष्ट्रहरुको संगठन (आसियान)को बार्षिक सम्मेलनमा बर्माका सेना प्रमुख जनरल मिन अङ हेइङलाई सहभागी नगराइने भएको छ । बर्माको सेनाले यही जनवरीमा त्यहाँको निर्वाचित सरकारलाई कु गरेर सत्ता आफ्नो हातमा लिएको थियो ।

आसियानले जनरलको सट्टा गैरराजनीतिक प्रतिनिधिलाई बोलाउन सहमति जनाएको छ । १० सदस्य राष्ट्र रहेको आसियानको यो निर्णयलाई धेरैले अप्रत्यासित भनेका छन् । अहिलेसम्म आसियानका सदस्य राष्ट्रले एक अर्कोलाई हस्तक्षेप गरेका थिएनन् ।

म्यानमारको उथलपुथल अशान्ति अन्त्य गर्न त्यहाँको सेनाले केही पहल नगरेको आसियानले जनाएको छ ।

अगस्टमा जनरल मिनले आफूलाई प्रधानमन्त्री घोषणा गर्दै सेना र लडाकुबीचको युद्ध जारी रहेकोले त्यहाँ लगाइएको संकटकाल अझै लम्बिन सक्ने संकेत गरेका थिए ।

आगामी २६ देखि २८ अक्टोबरसम्म ब्रुनाईमा आयोजना हुने आसियान सम्मेलनमा म्यानमारका सरकार प्रमुखलाई सहभागी हुन दिने कि नदिने भन्ने बारेमा शनिबार आपतकालिन बैठक बसेको थियो । बैठकमा म्यानमारलाई सहभागी गराउने विषयमा कुनै सहमति ननिस्कएको आसियानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

म्यानमारका सैनिक नेताहरूले वार्ता नगरेको र देशमा तनाव अन्त्यका लागि कुनै पहल नगरेको आसियानले आरोप लगाएको छ । यसअघि आसियानका प्रतिनिधिले घरमै नजरबन्दमा रहेकी नेतृ आङ सान सुचीलाई भेट्न खोज्दा त्यहाँको सेनाले अनुमति दिएको थिएन ।

म्यानमारको राजनीतिक अवस्थाले क्षेत्रीय सुरक्षा, एकता, विश्वसनीयता र आसियानको छविमा असर गरेको ब्रुनाईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस वर्षको आसियान सम्मेलन ब्रुनाईले आयोजना गर्दै छ ।

जुलाईमा आसियानले म्यानमारका जनरललाई दमन रोक्न र राजनीतिक बन्दी रिहा गर्न अनुरोध गरेको थियो । तर,आसियानको अनुरोधलाई म्यानमारले बेवास्ता गरेको थियो ।

सरकारलाई बहिस्कार गर्ने आसियानको निर्णय म्यानमारका सेनालाई ठूलो धक्का हुने विश्लेषकहरुले टिप्पणी गरेका छन्

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ११ : २२ बजे

नयाँ वर्षमा टाटा गाडी एक्सचेन्ज गर्ने अवसर

काठमाडौं– टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ वर्ष

विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि

सुदूरपश्चिममा १० प्रतिशतले बढ्यो गरिबी, प्रदेश सरकार चिन्तित

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले चिन्ता

‘सडक दुर्घटनामा बर्षेनि हजारौँको ज्यान जान्छ, तत्काल सुरक्षाको काम गरौँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समिना मियाँ सडक सुरक्षाका लागि

लुम्बिनी प्रदेश सभामा उठ्यो केपी ओली र रमेश लेखकमाथि पक्राउको विषय

काठमाडौं– लुम्बिनी प्रदेश सभा सदस्य वसन्ती अधिकारीले पूर्वप्रधानमन्त्री एवं नेकपा