निःशुल्क स्वास्थ्य शिविरमा ५ सय जनाको परीक्षण « Khabarhub

निःशुल्क स्वास्थ्य शिविरमा ५ सय जनाको परीक्षण


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- बडादशैँको अवसरमा दूधपोखरी गाउँपालिका–२ मा सञ्चालन गरिएको तीन दिने निःशुल्क स्वास्थ्य शिविरमा झण्डै ५०० जनाको स्वास्थ्य परीक्षण भएको छ । नेपाल चिकित्सक सङ्घका सहकोषाध्यक्ष डा विश्वराज दवाडी र डा खिलास दवाडीले बिरामीको परीक्षण गरेका थिए ।

ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच अझै विस्तार हुन नसक्दा विभिन्न रोगको समस्या जटिल रहेकाले आफूले व्यक्तिगत तबरबाट पनि यस खालका शिविर सञ्चालन गर्दै आएको डा दवाडीले बताए। गाउँमै अस्पताल नहुँदा विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त रहेका स्थानीयवासीले स्वास्थ्य परीक्षण तथा औषधि निःशुल्क रुपमा प्राप्त गर्दा धेरैले राहतको अनुभव गरेको बताउँदै उनले बर्सेनि यस किसिमका शिविर सञ्चालन गर्ने जानकारी दिए ।

निजी स्रोतबाट बिरामीलाई झण्डै रु १५ लाख मूल्य बराबरको औषधि निःशुल्क वितरण गरिएको समाजसेवी कालिकाप्रसाद दवाडीले बताए। वडाध्यक्ष गोविन्द दवाडीले आगामी दिनमा यस्ता शिविर सञ्चालनका लागि गाउँपालिकाले पनि सहजीकरण गर्ने बताए ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ११ : ५० बजे

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन