निःशुल्क स्वास्थ्य शिविरमा ५ सय जनाको परीक्षण « Khabarhub

निःशुल्क स्वास्थ्य शिविरमा ५ सय जनाको परीक्षण


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- बडादशैँको अवसरमा दूधपोखरी गाउँपालिका–२ मा सञ्चालन गरिएको तीन दिने निःशुल्क स्वास्थ्य शिविरमा झण्डै ५०० जनाको स्वास्थ्य परीक्षण भएको छ । नेपाल चिकित्सक सङ्घका सहकोषाध्यक्ष डा विश्वराज दवाडी र डा खिलास दवाडीले बिरामीको परीक्षण गरेका थिए ।

ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच अझै विस्तार हुन नसक्दा विभिन्न रोगको समस्या जटिल रहेकाले आफूले व्यक्तिगत तबरबाट पनि यस खालका शिविर सञ्चालन गर्दै आएको डा दवाडीले बताए। गाउँमै अस्पताल नहुँदा विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त रहेका स्थानीयवासीले स्वास्थ्य परीक्षण तथा औषधि निःशुल्क रुपमा प्राप्त गर्दा धेरैले राहतको अनुभव गरेको बताउँदै उनले बर्सेनि यस किसिमका शिविर सञ्चालन गर्ने जानकारी दिए ।

निजी स्रोतबाट बिरामीलाई झण्डै रु १५ लाख मूल्य बराबरको औषधि निःशुल्क वितरण गरिएको समाजसेवी कालिकाप्रसाद दवाडीले बताए। वडाध्यक्ष गोविन्द दवाडीले आगामी दिनमा यस्ता शिविर सञ्चालनका लागि गाउँपालिकाले पनि सहजीकरण गर्ने बताए ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ११ : ५० बजे

२९ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना

काठमाडौँ – मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये २९ दशमलव ६ प्रतिशत

ट्राफिक प्रहरीद्वारा पाँच हजार ४३४ जनचेतनामूलक कार्यक्रम

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा

पर्यटकको रोजाइमा घोडेपानी–पुनहिल

म्याग्दी– पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन

एनपीएलमा डेढ अर्बको आर्थिक कारोबार हुने, स्पोन्सरसिपबाट मात्रै २० करोड संकलन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)लाई आर्थिक रूपमा निकै उचाइमा

इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

तेहरान– इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका