टी-२० विश्वकप : पहिलो दिन ओमान र पपुवा न्युगिनी तथा बंगलादेश र स्कटल्याण्ड भिड्ने « Khabarhub

टी-२० विश्वकप : पहिलो दिन ओमान र पपुवा न्युगिनी तथा बंगलादेश र स्कटल्याण्ड भिड्ने


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सातौं आइसिसी टी-२० विश्वकप आजदेखि सुरू हुँदैछ। युएई र ओमानमा संयुक्त रुपमा हुने विश्वकपको पहिलो दिन पहिलो चरण अन्तर्गतका दुई खेलहरु हुनेछन् ।

ओमानको अल अमारतमा हुने पहिलो खेलमा घरेलु टिम ओमान र पपुवा न्युगिनीबीच दिउँसो ३ : ४५ बजे प्रतिस्पर्धा हुनेछ । ओमान क्वालिफाइङ राउन्डमा स्थान बनाउने अन्तिम टिम हो। उसले हङकङलाई पराजित गर्दै टी-२० विश्वकपमा स्थान बनाएको हो। अर्कोतर्फ पपुवा न्युगिनिको टिमले पनि राम्रो तयारी गरिरहेको छ। यो टिम सेप्टेम्बर मा ओमान पुगेको थियो।

दोस्रो खेलमा बंगलादेश र स्कटल्याण्डबीच बेलुकी ७ : ४५ बजे प्रतिस्पर्धा हुनेछ । समूह ‘बी’बाट यी दुवै टिम मुख्य प्रतियोगितामा पुग्ने आँकलन गरिएको छ। यी दुईबीच हुने खेल रोमाञ्चक हुनेछ। खेलमा जित निकाल्ने टिमलाई अघिल्लो चरणको यात्रा सुखद् हुने छ।

बंगलादेशले केही समयअघि टी-२० क्रिकेटमा सानदार प्रदर्शन गरेको थियो। उसले आफ्नो घरेलु मैदानमा भएको पाँच खेलको टी-२० सिरिजमा अस्ट्रेलियालाई ४-१ तथा न्युजिल्यान्डलाई ३-२ ले पराजित गर्दै सनसनीपूर्ण प्रदर्शन गरेको थियो।

विश्वकपको पहिलो चरणमा ८ टोलीले प्रतिस्पर्धा गर्ने छन् । जसमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी भिड्नेछन् । यीमध्ये चार टिम सुपर १२ मा प्रवेश गर्नेछन् । सुपर-१२ को समूह २ मा भारत र पाकिस्तानसँगै न्युजिल्याण्ड, अफगानिस्तान र पहिलो चरणको समूह ‘बी’ विजेता र समूह ‘ए’को उपविजेता यस समूहमा रहने छन् ।

यस्तै समूह १ मा इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रीका,वेस्ट इन्डिज रहेका छन् । पहिलो चरणको समूह ‘ए’ को विजेता र समूह ‘बी’को उपविजेता यस समूहमा रहने छन् ।

समूह चरणको खेलपछि आबुधाबीमा हुने पहिलो सेमिफाइनल नोभेम्बर १० र दुबईमा हुने दोस्रो सेमिफाइनल नोभेम्बर ११ मा हुनेछ । प्रतियोगिताको फाइनल युएईको दुबईमा हुने फाइनल खेल नोभेम्बर १४ मा हुनेछ ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  १२ : २० बजे

अपर ठूलोखोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय लाइनमा जोडियो

म्याग्दी– २२ दशमलव ५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट

तनहुँको घुमाउनेमा पुल नबन्दा सास्ती

तनहुँ– प्रतिनिधिसभा सदस्य निर्वाचन अगाडि तनहुँको आँबुखैरेनीको सराङघाट, घुमाउने, बन्दीपुरको

इरानका नयाँ सर्वोच्च नेता बारे ट्रम्पको आशंका- ‘सुन्दैछु उनी जीवित छैनन्’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नयाँ सर्वोच्च नेता

पेट्रोलियम पदार्थको कृत्रिम अभाव गरे कारबाही गरिने

कालीकोट– जिल्ला प्रशासन कार्यालय कालीकाटले पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको

एघार महिनामा ६ हजार विपद्का घटना

काठमाडौँ– गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७९९