नेपाल आमाको मूर्ति निर्माणका लागि धातुको अभाव « Khabarhub

नेपाल आमाको मूर्ति निर्माणका लागि धातुको अभाव


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- भीमदत्त नगरपालिका-८ भम्केनीधाम (तिलाचौर) क्षेत्रमा निर्माण भइरहेको अष्टधातुको नेपाल आमाको ७५ फिट अग्लो मूर्ति निर्माणका लागि धातुको अभाव हुन थालेको छ ।

धातुको अभाव हुन नदिन सिद्धनाथ बैजनाथ धार्मिक तपस्थली क्षेत्र विकास समितिले घरदैलो अभियान सञ्चालन गर्ने भएको छ । समितिका अध्यक्ष कृष्णबहादुर सिंहले सुदूरपश्चिम क्षेत्रमा घरदैलो गरी धातु सङ्कलन गरिने बताए।

‘मूर्ति निर्माणका लागि १८ देखि २५ टनसम्म धातु आवश्यक पर्छ’ उनी भन्छन्, ‘समितिसँग दुई टन मात्रै धातु मौज्दात छ । त्यसले मात्र पुग्दैन ।’ कैलाली, कञ्चनपुरलगायत जिल्लामा स्वयंसेवक परिचालन गरी धातु सङ्कलन गरिने र यसका लागि सबैको सहयोगको खाँचो रहेको अध्यक्ष सिंहको भनाइ छ ।

मूर्ति निर्माणका लागि ललितपुरको भ्याली कन्ट्रक्सन प्रालिले रु १० करोड ८२ लाखमा ठेक्का लिएको थियो । ‘निर्माण कम्पनीले मूर्ति निर्माणको कार्य गर्ने छ’ अध्यक्ष सिंह भन्छन्, ‘धातुको व्यवस्था भने समितिले नै गर्ने गरी सम्झौता गरिएको छ ।’

निर्माणकार्य अन्तर्गत हालसम्म प्राप्त धातुलाई कमलको आसन बनाएर ढलान गरी राखिएको र यसलाई ‘फिनिसिङ’ गर्ने कार्य भइरहेको छ । कमलको आसन निर्माणका लागि मात्रै तीन क्विन्टल भन्दाबढी धातु प्रयोग गरिएको छ । मूर्ति निर्माणका लागि चार वर्षसम्म लाग्नेछ ।

डेढ करोड बढी खर्च

समितिका अध्यक्ष सिंहकाअनुसार मूर्ति निर्माणका हालसम्म लागि रु एक करोड ५० लाख भन्दाबढी खर्च भइसकेको छ ।

मूर्तिमा तामा, पितल, ढलौट, जिङक, सुनचाँदी, काँस र फलाम गरी अष्ठधातुको प्रयोग हुने निर्माण कम्पनी भ्याली कन्ट्रक्सनका सञ्चालक मनोहर महर्जन बताउँछन् ।

‘जगतगुरु बालसन्त मोहनशरण देवाचार्यको परिकल्पनानुसार मूर्ति निर्माण भइरहेको छ’ उनी भन्छन्, ‘नेपाल आमाको मूर्तिमा चक्र, खुकुरी, जपमाला, राष्ट्रिय झण्डा, पैसाको माला, नौगेडी, कानको ढुङ्ग्री, मुकुट राखिने छ । मूर्तिमा चार हातसमेत निर्माण गरिने छ ।’

‘बाक्स एण्ड लस प्रविधिमा मूर्ति निर्माण भइरहेको छ’ महर्जन भन्छन्, ‘यो प्रविधि विशुद्ध नेपाली हो । यसमा आधारित भएर हजारौं वर्षदेखि नेपाली मौलिकताका मूर्ति निर्माण भइरहेका छन् । यसै प्रविधिमा आधारित भएर चीनको लासा र भुटानमा बुद्धका मूर्ति निर्माण गरेका छौँ । निर्माण भइरहेको नेपाल आमाको मूर्ति विश्वमै टपटेन भित्रै पर्छ ।’

आर्थिक अभाव नभएमा मूर्ति निर्माण कार्य दुई वर्षमै सक्ने निर्माण कम्पनीको जिकिर छ । मूर्ति निर्माणका लागि २५ देखि ३० टन धातु लाग्ने र निर्माणका लागि हाल सात कालिगढ कार्यरत रहेका महर्जनको भनाइ छ । मूर्ति निर्माण भइसक्दासम्म १२ हजार भन्दाबढी मजदूर आवश्यक पर्ने बताइएको छ । जगत्गुरु बालसन्त मोहनशरण देवाचार्यले मूर्ति निर्माणका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । मेची–काली भ्रमणका क्रममा उनले धातु सङ्कलन गरेका थिए ।

देवाचार्यकै परिकल्पनानुसार उक्त मुर्ति निर्माण हुनाका साथै भम्केनीलाई धामका रुपमा विकास गर्न प्रचार प्रसारसँगै विकासका कार्य अगाडि बढाइएको छ । भम्केनीधाम क्षेत्रलाई स्थानीय बासिन्दाले सिद्धनाथ बैजनाथका रुपमा पूजाआजा गर्दै आएका छन् । महाभारतका पाँच पाण्डवले तप गरेको भूमिका रुपमा समेत यस क्षेत्रलाई चिनिने यस क्षेत्रमा पाँच कुण्ड छन् । ‘कुण्डको पानी कहिल्यै सुक्दैन’ स्थानीयवासी नहरबहादुर धामी भन्छन्, ‘पचास वर्षअघि कुण्डमा जस्तो पनी थियो । हालसम्म पनि त्यस्तै र एकनासको पानी देखिन्छ।’ धाम क्षेत्रमा संस्कृत शिक्षा विस्तारका लागि गुरुकुल समेत सञ्चालन गरिएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  १२ : ३२ बजे

इंग्याण्डसँग पराजित भएपछि कप्तान पौडेल : हारबाट निराश छु, टिमप्रति गर्व छ

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले इंग्ल्यान्डसँगको हारबाट

झापा गोल्डकपः त्रिभुवन आर्मी क्वार्टरफाइनलमा

झापा – एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणअन्तर्गत

‘फेक रेस्क्यू’ प्रकरण : सिद्धि अस्पतालका सञ्चालक डा तिमिल्सिना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले झुट्ठा उद्दार प्रकरणमा लाजिम्पाटस्थित सिद्धि अन्तरराष्ट्रिय

असमानता अन्त्यका लागि हाम्रो पार्टी सरकारमा पुग्नुपर्छः सभापति लामिछाने

नवलपरासी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशमा

इंग्ल्याण्डसँग नेपाल पराजित भएपछि प्रधानमन्त्री कार्कीले भनिन्ः आशा अझै बाँकी छ

काठमाडौं – आईसीसी टी–२० विश्वकपअन्तर्गत इंग्ल्याण्डसँग भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल