प्रचारप्रसार अभावले ओझेलमा ‘दुधकुण्ड’ « Khabarhub

प्रचारप्रसार अभावले ओझेलमा ‘दुधकुण्ड’


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– दशरथचन्द नगरपालिका–१ कलौनस्थित दुधकुण्डको महत्व जिल्ला भित्रैका धेरैलाई थाहा छैन् । यसको सम्बन्ध बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवतीसँग जोडिएको छ । स्थानीयबासीका अनुसार परापूर्वकालमा दुधको धारा भएको हुनाले यो ठाउँको नाम दुधकुण्ड रहन गएको हो ।

‘पहिलापहिला यसै धाराको पानीले निङ्गलाशैनी भगवतीको मन्दिरमा पूजाआजा हुन्थ्यो । दुधकुण्डमै पाकेको हवी मन्दिरमा चढ्थ्यो किम्वदन्ती छ ।’ स्थानीय माधवप्रसाद भट्टले भने, ‘यो कुण्डको बारेमा प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ ।’

दसैंको समयमा भगवतीको दर्शनका लागि हजारौं भक्तजन आउने गर्छन् । उनीहरूलाई यो दुधकुण्डका बारेमा जानकारी गराउन सकियो भन्ने आन्तरिक धार्मिक पर्यटक भित्र्याउन सकिने भट्टले बताए ।

दुधकुण्डलाई स्थानीयले लमखेत धारा पनि भन्ने गरेका छन् । सो ठाउँमा अहिले स–साना मन्दिरहरू बनाएर प्रचार प्रसारका लागि प्रयास सुरु गरिएको स्थानीय अम्बादत्त बडुले बताए । उनले भने, ‘अहिले कलौनस्थित निङ्गलाशैनी भगवती मन्दिरमा यही धाराको पानीले पूजाआजा हुने गरेको छ ।’

दुधकुण्डको वरिपरी मन्दिरहरू रहेका छन् । दुधकुण्डको पाँच किलोमिटर सेरोफेरमा प्रसिद्ध धार्मिक स्थलहरू रहेकाले यसलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने आन्तरिक पर्यटन पुनर्उत्थान समितिका सुदूरपश्चिम संयोजक मायाप्रकाश भट्टले जानकारी दिए । उनले भने, ‘हामीले सुदूरपश्चिमका महत्वपूर्ण पर्यटकीय स्थलहरूलाई नयाँ गन्तव्यको रुपमा पहिचान गर्ने तयारी गरेका छौं । दुधकुण्डलाई पनि धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिन्छ ।’

पाताल भुवनेश्वर धाम र निङ्गलाशैनी भगवती मन्दिरको दर्शन गर्नेहरूलाई दुधकुण्डसम्म पुर्याउन सकिने उनले बताए । उनले भने, ‘दुधकुण्डमा अहिले पनि पौराणिक कुराहरू छन् । यो ठाउँको पानी जहिले पनि घटबढ हुँदैन् । एकनासको पानी हिउँदमा तातो र गर्मीमा चिसो रहने गर्छ ।’

दुधकुण्डलाई प्रचारप्रसारमा ल्याउन र यसको महत्व झल्काउन दशरथचन्द नगरपालिका–१ को कार्यालयले केही पहल गरेको छ । सो ठाउँमा स्थानीयहरूले ब्रतबन्ध जस्ता सामाजिक कार्य पनि गर्ने भएकाले धर्मशालाको व्यवस्था गरिएको छ भने पञ्चायन देवताको मन्दिर पनि निर्माण गरिएको छ ।

दुधकुण्डमै गौराको समयमा बिरुडा समेत धुने चलन रही आएको छ । दुधकुण्ड भगवतीको बासस्थान भएकाले यसको धार्मिक महत्व अझै बढी रहेको स्थानीय भानदेव भट्टले बताए ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ४ : १९ बजे

पर्वतमा शिक्षक संगठनको जिल्ला समिति भंग

पर्वत – नेपाल राष्ट्रिय शिक्षक संगठनको पर्वत जिल्ला कार्यसमिति भंग

कानुनमन्त्री सोविता गौतमद्वारा न्याय परिषद् र न्याय सेवा आयोगसँग छलफल

काठमाडौं – नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले

सट्टेबाजी एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने सरकारको निर्णय

काठमाडौं – नेपाल सरकारले देशभर सञ्चालनमा रहेका सट्टेबाजी सम्बन्धी एप

प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स पूर्ण बन्द गराउने सरकारको निर्णय

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तथा उच्च

नेपालगन्जमा युवतीको जलेर मृत्यु, तीन जना पक्राउ

बाँके – नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा आगोले जलेको अवस्थामा भेटिएकी एक