जुम्ली किसानलाई मार्सी धान भित्र्याउने चटारो « Khabarhub

जुम्ली किसानलाई मार्सी धान भित्र्याउने चटारो


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी धान उत्पादन हुँदै आएको छ । धान पाकिसकेपछि किसानलाई यतिबेला धान काट्न भ्याइनभ्याइ भएको किसान सन्देश कठायतले बताए ।

उनले भने, ‘यहाँका किसानले लगाएकोे प्रायःसबै खेतको धान एकैपटक पाक्छ । जुम्लामा घटस्थापनाका दिन मार्सी धानको नगी खाने चलन छ । त्यो दिन धान काट्नको लागि उपयुक्त दिनसमेत मानिन्छ ।’

गत वर्षभन्दा यसवर्ष धान उत्पादनमा कमि आएको छ । धेरै पानी परेका कारण यसवर्ष धान उत्पादनमा कमि आएको किसानको अनुमान छ ।

जुम्लाका किसानले दसैँ सकिन नपाउँदै मार्सी धान काट्ने थालेका छन् । दुई हजार नौ सय हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाकाले बताए ।

उनका अनुसार एक हजार ४०० हेक्टरमा काली मार्सी र खैरो मार्सी धान खेती हुने गरेको छ । बाँकी एक हजार ५०० हेक्टरमा उन्नत जातको धानखेती हुने गरेको छ ।

जुम्लामा मात्रै पाइने काली मार्सी यसको स्वाद, रोग र किराको प्रतिरोध गर्न सक्ने गुण र पोषक तत्वका कारण जुम्ली मार्सी धानको महत्व अन्तर्राष्ट्रिय जगतसम्म नै पुगेको छ । राणा शासनको समयमा केन्द्रमा रहेका शासकका लागि यही मार्सी धानको चामल हुलाकबाट काठमाडौँसम्म पुग्ने गरेको यहाँका जेष्ठ नागरिकहरुको भनाइ छ । अहिले पनि जुम्लाी मार्सी चामलको चर्चा चलेकै छ ।

त्यस्तै करिब सात सय वर्षअघि जुम्लीहरूका देवता चन्दननाथले भारतको कास्मिरबाट मार्सी धानको बीउ ल्याएर लाछुज्युलाको गुरुफोक्टोमा धान खेतीको सुरुवात गरेको विश्वास गरिन्छ । जुम्ली मार्सी विश्वको अग्लो स्थानमा फल्ने धानको रूपमा लिइन्छ । कृषि विज्ञहरुका अनुसार चिसो हावापानीमा उत्पादन हुने खाद्यान्न र फलफूल निकै स्वादिलो हुन्छन् ।

त्यसैले जुम्ला लगायत हिमालको तल्लो भेग र उच्च पहाडमा फल्ने मार्सी धानको भात निकै मिठो र स्वादिलो हुन्छ । यसको चामलको भात खाँदा धेरै बेरसम्म भोक लाग्दैन । स्वादिलो, आडिलो र स्वस्थकर हुन्छ । मार्सी धानको चामल खैरो रङ्गको हुने गरेको कृषि विकास कार्यालयका प्रमुख देवकोटाकाले बताए ।

उनले खैरो देखिने भएकाले कसैकसैले यसलाई रातो चामल पनि भनिने बताए । उच्च रक्तचाप, मधुमेहलगायतका बिरामीलाई यो चामलको भातले निकै फाइदा हुने भएकाले सहरमा यसको माग पनि बढी नै हुने गरेको छ । यो चामलको माग सहरबाट बर्सेनि बढेर आएको छ । जुम्लामा मार्सी चामलको मूल्य प्रतिकिलो एक सय ८० रुपैयाँसम्म पर्ने गरेको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ९ : २० बजे

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगीकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी

अवकाशपछि कृषि उद्यम : पूर्व प्रधानाध्यापकको ७० रोपनीमा व्यावसायिक खेती

डडेल्धुरा– डडेल्धुरामा एक पूर्व प्रधानाध्यापकले व्यावसायिक कृषि व्यवसायमार्फत लाखौँ रुपैयाँको कारोबार

सदनको जनसरोकारका विषयको प्रगति सांसदलाई फोन गरेरै जानकारी गराइने

काठमाडौं– सरकारले संघीय संसद्मा सांसदहरूले उठाउने जनसरोकारका प्रश्न तथा समस्या

गणेश नेपालीको आत्मदाहबारे वीरको प्रष्टीकरण : सक्दो प्रयास गर्‍यौँ, बचाउन सकेनौँ

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेका गणेश नेपालीको निधनबारे वीर

गणेश नेपालीको मृत्युपछि महानगर र सरकारविरुद्ध प्रदर्शन

काठमाडौं– मुगुका गणेश नेपालीको मृत्युको घटनापछि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन