अमेरिका र क्यानाडाका नेपालीभाषीलाई गायन र नृत्य शाे « Khabarhub

अमेरिका र क्यानाडाका नेपालीभाषीलाई गायन र नृत्य शाे


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अमेरिका र क्यानाडामा रहेको नेपालीभाषीहरुलाई लक्षित गर्दै ‘मेरो भ्वाइस कप अमेरिका यूएसए–२’ र ‘मेरो डान्स कप यूएसए–४’को घोषणा गरिएको छ । राजधानीमा मंगलबार साँझ आयोजना गरिएको कार्यक्रममा आयोजक इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले शोको बारेमा जानकारी दिएको हो ।

फाउन्डेशनका अध्यक्ष डिल्ली अधिकारीले जनवरीबाट सो सुरु गर्ने जानकारी दिए । ‘मेरो भ्वाइस कप अमेरिका यूएसए–२’को प्रस्तावित निर्णायकमा गायक प्रमोद खरेल छन् । यस्तै, ‘मेरो डान्स कप यूएसए ४’कोे निर्णायकमा भने अभिनेता दिलिप रायमाझी, नृत्य निर्देशक शंकर बिसी, अभिनेत्री केकी अधिकारी र नरमान राई रहेका छन् ।

अध्यक्ष अधिकारीले नेपाली भाषा र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्दैै रियालिटी शोमार्फत अमेरिका र क्यानडामा रहेका नेपालीभाषीमा नेपाली भाषा, संस्कृतिको जागरुकता ल्याइने बताए । अधिकारीले ‘मेरो भ्वाइस कप २’को उद्घाटन नोभेम्बर २७ तारिखमा बेलडाँगीमा गर्ने बताए ।

यो फाउन्डेशनले नेपालमा रहेका जेष्ठ भुटानी शरणार्थीलाई मासिक ५ हजार भत्तासमेत उपलब्ध गराउँदै आएको छ ।

कार्यक्रममा बोल्दै अभिनेत्री केकी अधिकारीले अमेरिकामा पनि नेपाली भाषीहरुलाई लक्षित गरेर यति ठूलो रियालिटी शो आयोजना हुन लागेको भन्दै खुशी व्यक्त गरिन् ।

कार्यक्रम आयोजना हुनु अगाडि त्रिभुवन विमानस्थलमा अमेरिकाबाट आएका कलाकार तथा आयोजकको टिमलाई स्वागत गरिएको थियो । अभिनेता दिलिप रायमाझी, रमित ढुंगाना, नृत्य निर्देशक शंकर बिसी लगायतलाई स्वागत गर्दै कार्यक्रम आयोजनास्थलसम्म पुर्‍याइएको थियो ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ११ : ०६ बजे

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन