अमेरिका र क्यानाडाका नेपालीभाषीलाई गायन र नृत्य शाे « Khabarhub

अमेरिका र क्यानाडाका नेपालीभाषीलाई गायन र नृत्य शाे


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अमेरिका र क्यानाडामा रहेको नेपालीभाषीहरुलाई लक्षित गर्दै ‘मेरो भ्वाइस कप अमेरिका यूएसए–२’ र ‘मेरो डान्स कप यूएसए–४’को घोषणा गरिएको छ । राजधानीमा मंगलबार साँझ आयोजना गरिएको कार्यक्रममा आयोजक इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले शोको बारेमा जानकारी दिएको हो ।

फाउन्डेशनका अध्यक्ष डिल्ली अधिकारीले जनवरीबाट सो सुरु गर्ने जानकारी दिए । ‘मेरो भ्वाइस कप अमेरिका यूएसए–२’को प्रस्तावित निर्णायकमा गायक प्रमोद खरेल छन् । यस्तै, ‘मेरो डान्स कप यूएसए ४’कोे निर्णायकमा भने अभिनेता दिलिप रायमाझी, नृत्य निर्देशक शंकर बिसी, अभिनेत्री केकी अधिकारी र नरमान राई रहेका छन् ।

अध्यक्ष अधिकारीले नेपाली भाषा र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्दैै रियालिटी शोमार्फत अमेरिका र क्यानडामा रहेका नेपालीभाषीमा नेपाली भाषा, संस्कृतिको जागरुकता ल्याइने बताए । अधिकारीले ‘मेरो भ्वाइस कप २’को उद्घाटन नोभेम्बर २७ तारिखमा बेलडाँगीमा गर्ने बताए ।

यो फाउन्डेशनले नेपालमा रहेका जेष्ठ भुटानी शरणार्थीलाई मासिक ५ हजार भत्तासमेत उपलब्ध गराउँदै आएको छ ।

कार्यक्रममा बोल्दै अभिनेत्री केकी अधिकारीले अमेरिकामा पनि नेपाली भाषीहरुलाई लक्षित गरेर यति ठूलो रियालिटी शो आयोजना हुन लागेको भन्दै खुशी व्यक्त गरिन् ।

कार्यक्रम आयोजना हुनु अगाडि त्रिभुवन विमानस्थलमा अमेरिकाबाट आएका कलाकार तथा आयोजकको टिमलाई स्वागत गरिएको थियो । अभिनेता दिलिप रायमाझी, रमित ढुंगाना, नृत्य निर्देशक शंकर बिसी लगायतलाई स्वागत गर्दै कार्यक्रम आयोजनास्थलसम्म पुर्‍याइएको थियो ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ११ : ०६ बजे

हुम्लामा दुई मतदानस्थल थपिए

सिमकोट– आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सूर्यविनायक–साँगा सडक विस्तार कार्य सुस्त

भक्तपुर– सूर्यविनायक–धुलिखेल ६ लेन सडक विस्तारको काम अत्यन्त सुस्त हुँदा

८ ओभर ४ बलको संघर्षपछि लुम्बिनीले लियो विराटनगरको तेस्रो विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको

सभापतिको तयारीमा जुटे गगन, टिमबारे गरिरहेका छन् छलफल

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापा आगामी पुस २७ गतेदेखि

झापामा दुई मतदानस्थल सारिए, डेढ सय बढी केन्द्र थपिँदै

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै