गायिका चन्द्रकला शाहलाई ५१ हजार राशीको पुरस्कार « Khabarhub

गायिका चन्द्रकला शाहलाई ५१ हजार राशीको पुरस्कार


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली संगीत क्षेत्रमा साढे चार दशकदेखि सक्रिय लोकगायिका चन्द्रकला शाहलाई ५१ हजार रुपैंयाँ राशीसहित ‘कन्हैया सिंह राष्ट्रिय संगीतकर्मी पुरस्कार–२०७८’बाट पुरस्कृत गरिएको छ । उनलाई मंगलबार मँगलबार काठमाडौंमा एक कार्यक्रमका बीच संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजीत बासकोटालगायतले पुरस्कृत गरेका हुन् ।

पछिल्लो समय अमेरिकामा बस्दै आएका संगीतकार तथा गायक कन्हैयासिंह परियारले आफ्नो ५० औं जन्मदिनको अवसर पारेर ‘कन्हैया सिंह राष्ट्रिय संगीतकर्मी पुरस्कार–२०७८’ स्थापना गरेका थिए । उनी काठमाडौं आएको बेला गायिका शाहलाई पुरस्कृत गरिएको हो ।

कार्यक्रममा संगीतकार बासकोटाले नेपाली लोकसंगीत सिर्जना र भाका संकलनमा चन्द्रकलाको योगदानको स्मरण गरे । ‘उहाँलाई करारमा काम गरिरहेको बेला रेडियो नेपालले बिना कारण जागिर खोसेर बेरोजगार बनाएको बेला सिंहले आफ्नो नाममा स्थापित पुरस्कारबाट पुरस्कृत गर्नु प्रशंसनीय काम हो’, उनले भने ।

टिका गोपाल डिजिटल एम क्रियसनले आयोजना गरेको सो कार्यक्रममा गायिका शाहले पुरस्कारको रकमबाट धेरै समयदेखि रोकिएको आफ्ना गीतहरुको पुस्तक प्रकाशन गर्ने बताइन् ।

गायक कन्हैया सिंहले चन्द्रकलाकै गीत सुनेर र गाएर आफ्नो बाल्यकाल बितेको बताए ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ११ : २६ बजे

महिलाको चरित्र हत्या गरेको आरोपमा कीर्तिमानी रेस्लर भगवती खड्का पक्राउ

काठमाडौं- नेपाल प्रहरी साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत् एकजना महिलाको चरित्र

बालेन सरकारले सम्पत्ति शुद्धीकरणको क्षेत्रमा काम गरे ‘ग्रे लिस्ट’बाट बाहिरिन सक्छ नेपाल

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले सम्पत्ति शुद्धीकरणको क्षेत्रमा आवश्यक

ट्रान्सपरेन्सीले भन्यो : नयाँ सरकारको प्रयासले नेपालमा भ्रष्टाचार नियन्त्रणको आश बढ्यो 

काठमाडौं– ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बालेन्द्र शाह नेतृत्वको सरकारले अघि सारेको

कांग्रेसमा चर्किँदै आन्तरिक द्वन्द्व : देउवा समूहले भन्यो, ‘गगन थापालाई सभापति मान्दैनौँ’

काठमाडौं- नेपाली कांग्रेसको चौधौँ महाधिवेशनबाट सभापति बनेका शेरबहादुर देउवा नेतृत्वको