इलाममा पर्यटन मैत्री साहित्य सम्मेलन हुने « Khabarhub

इलाममा पर्यटन मैत्री साहित्य सम्मेलन हुने


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– इलाममा पर्यटनमैत्री साहित्य सम्मेलन हुने भएको छ । मंसिर १८ र १९ गते हुने सम्मेलनमा नेपाल र भारतका एकसय बढी साहित्यकारको सहभागिता रहनेछ ।

साहित्यिक पत्रकार संघ, काठमाडौँ, इलाम नगरपालिका साहित्य, कला, सङ्गीत प्रतिष्ठान र इलाम नगर पर्यटन सरोकार समितिको संयुक्त आयोजनामा सम्मेलनले नेपाल र भारतको नेपाली साहित्यिक सम्बन्धलाई अझ बलियो बनाउने तथा इलामको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने विश्वास लिइएको छ ।

सम्मेनलनमा पुस्तक प्रदर्शनी, साहित्यिक परिचर्चा, वरिष्ठ लेखक एवम् संस्कृतिकर्मीसँग साक्षात्कार, साँस्कृतिक कार्यक्रम, सम्मान कार्यक्रम, कवि सम्मेलन तथा इलाममा पर्यटकीयस्थलहरुको प्रदर्शनीलगायतका कार्यक्रमहरु हुनेछन् ।

यसअघि २०४१ सालमा यस्तै कार्यक्रमको आयोजना भएको थियो । सो कार्यक्रममा भूपि शेरचन, केशवराज पिडाली, शंकर कोइरालालगायतका स्रष्टाले सहभागिता जनाएका थिए।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  १२ : ३३ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले