पुनीतलाई मरणोपरान्त ‘कर्नाटक रत्न पुरस्कार’ « Khabarhub

पुनीतलाई मरणोपरान्त ‘कर्नाटक रत्न पुरस्कार’


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– कर्नाटक सरकारले मंगलबार दिवंगत अभिनेता पुनीत राजकुमारलाई मरणोपरान्त ‘कर्नाटक रत्न पुरस्कार’बाट सम्मानित गर्ने घोषणा गरेको छ । पुनीत राज्यको यो सर्वोच्च नागरिक सम्मान पाउने १० औं व्यक्ति हुनेछन् ।

यो सम्मान पछिल्लो पटक सन् २००९ मा डा. वीरेन्द्र हेगडेलाई समाजसेवाका लागि दिइएको थियो । पुनीतको गत अक्टोबर २९ मा ४६ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको थियो ।

कर्नाटकका मुख्यमन्त्री बसवराज बोम्मईले कर्नाटक फिल्म चेम्बर अफ कमर्सले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रम ‘पुनीत नामाना’को समयमा घोषणा गरेका हुन् । कन्नड सिनेमामा राज गरेका पुनीत, डा. राजकुमारका ५ सन्तानमध्ये कान्छा हुन् । मुख्यमन्त्रीले कैयौं व्यक्तिसँगको छलफल पछि पुनीतलाई मरणोपरान्त ‘कर्नाटक रत्न’ सम्मानबाट सम्मानित गर्ने निर्णय लिएका हुन् ।

पुनीतको निधनपछि उनलाई मरणोपरान्त पद्यश्री पुरस्कार दिइनुपर्ने माग उठिरहेको छ । उनको श्रद्धाञ्जली कार्यक्रममा पूर्व मुख्यमन्त्री बीएस येदियुरप्प र सिद्धारमैया, बोम्मईका क्याबिनेट सहयोग, राज्य काँग्रेस प्रमुख डीके शिवकुमार, कन्नड र दक्षिण भारतीय फिल्मका हस्तीहरुको सहभागिता थियो ।

पुनीतका दिवंगत पिता डा. राजकुमारले पनि सन् १९९२ मा कवि कुवेम्पुका साथ ‘कर्नाटक रत्न पुरस्कार’ पाएका थिए । मुख्यमन्त्री बोम्मईले पुनीतको समाधीस्थल उनको आमाबाबु डा. राजकुमार र पर्वतम्मा राजकुमारको जस्तै विकसित गरिने बताए । पुनीतको अक्टोबर ३१ मा कान्तीरवा स्टुडियोमा डा. राजकुमारको पुण्यभूमिस्थलमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  १ : ०० बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले