पुनीतलाई मरणोपरान्त ‘कर्नाटक रत्न पुरस्कार’ « Khabarhub

पुनीतलाई मरणोपरान्त ‘कर्नाटक रत्न पुरस्कार’


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– कर्नाटक सरकारले मंगलबार दिवंगत अभिनेता पुनीत राजकुमारलाई मरणोपरान्त ‘कर्नाटक रत्न पुरस्कार’बाट सम्मानित गर्ने घोषणा गरेको छ । पुनीत राज्यको यो सर्वोच्च नागरिक सम्मान पाउने १० औं व्यक्ति हुनेछन् ।

यो सम्मान पछिल्लो पटक सन् २००९ मा डा. वीरेन्द्र हेगडेलाई समाजसेवाका लागि दिइएको थियो । पुनीतको गत अक्टोबर २९ मा ४६ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको थियो ।

कर्नाटकका मुख्यमन्त्री बसवराज बोम्मईले कर्नाटक फिल्म चेम्बर अफ कमर्सले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रम ‘पुनीत नामाना’को समयमा घोषणा गरेका हुन् । कन्नड सिनेमामा राज गरेका पुनीत, डा. राजकुमारका ५ सन्तानमध्ये कान्छा हुन् । मुख्यमन्त्रीले कैयौं व्यक्तिसँगको छलफल पछि पुनीतलाई मरणोपरान्त ‘कर्नाटक रत्न’ सम्मानबाट सम्मानित गर्ने निर्णय लिएका हुन् ।

पुनीतको निधनपछि उनलाई मरणोपरान्त पद्यश्री पुरस्कार दिइनुपर्ने माग उठिरहेको छ । उनको श्रद्धाञ्जली कार्यक्रममा पूर्व मुख्यमन्त्री बीएस येदियुरप्प र सिद्धारमैया, बोम्मईका क्याबिनेट सहयोग, राज्य काँग्रेस प्रमुख डीके शिवकुमार, कन्नड र दक्षिण भारतीय फिल्मका हस्तीहरुको सहभागिता थियो ।

पुनीतका दिवंगत पिता डा. राजकुमारले पनि सन् १९९२ मा कवि कुवेम्पुका साथ ‘कर्नाटक रत्न पुरस्कार’ पाएका थिए । मुख्यमन्त्री बोम्मईले पुनीतको समाधीस्थल उनको आमाबाबु डा. राजकुमार र पर्वतम्मा राजकुमारको जस्तै विकसित गरिने बताए । पुनीतको अक्टोबर ३१ मा कान्तीरवा स्टुडियोमा डा. राजकुमारको पुण्यभूमिस्थलमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  १ : ०० बजे

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

दाङ– लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका जिल्लामा पनि

लमजुङको भुजुङ : मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

काडमाडौँ– हरियाली डाँडाकाँडा, ढुङ्गाले बनेका र छाएका परम्परागत घर, खेतबारीमा

आजदेखि ‘सुदूरपश्चिम कचहरी’ सुरु हुँदै

कैलाली– कैलालीको धनगढीमा आजदेखि ‘सुदूरपश्चिम कचहरी २०८३’ सुरु हुँदै छ

गर्मीका कारण बिहानी सत्रमा कक्षा सञ्चालन

कञ्चनपुर– अत्यधिक गर्मीका कारण कञ्चनपुरका दुई स्थानीय तहले विद्यालय सञ्चालनको

नेपाल–बङ्गलादेश सांस्कृतिक सम्बन्ध प्रवर्द्धन गर्न ‘नेपाल फेस्टिभल’

काठमाडौँ– बङ्गलादेशस्थित नेपाली राजदूतावासले बङ्गलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा ढाकास्थित बङ्गलादेश