दाजुभाइको दीर्घायूको कामना गर्दै मधेशमा सामाचकेवा खेलिँदै « Khabarhub

दाजुभाइको दीर्घायूको कामना गर्दै मधेशमा सामाचकेवा खेलिँदै


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– दाजुभाइको दीर्घायुको कामना गर्दै दिदीबहिनीले कार्तिक पूर्णिमाको दिन भोलि २ मंसिर (बिहीबार) सामाचकेवा खेल्दैछन् ।

तराई मधेश क्षेत्रका दिदीबहिनीले सामाचकेवा खेल्न सामा, चकेवा, भमरा सातभैया, चुग्ला, वृन्दावनलगायत माटोको मानव आकृति बनाई खेल्ने सामग्री तयार पारीसकेका छन् ।

राजविराज-१ कि २५ वर्षीया सुनिता रजकले सामाचकेवा खेल्नका लागि दुई दिनअघि नै आवश्यक सामग्री बनाई रंगरोगन गरिसकेको बताइन ।

उनी भन्छिन्, ´चढाउने सामग्री चिउरा, फलफुल, दही, चिनी किनीसकेकी छु। एक हप्ताअघिदेखि नै साँझको खाना खाइसकेपछि वल्लो घर र पल्लो घरका छिमेकीहरू एकै ठाउँमा बसेर दाजुभाइलाई आशिष दिँदै गीत गाउने गरिरहेका छौँ ।` राजविराज नगरपालिका-६ की रमिला साहका अनुसार समाचकेवा मुख्य दिन भने भोलि कात्तिक पूर्णिमा हो ।

उनले थपिन्,´यो पर्व दाजुभाइ दिदीबहिनीबीच अटुट प्रेम स्थापना गर्ने माध्यम समेत हो।` राजविराज नगरपालिका-८ की रूपा चौधरीले थारू समुदायले सामाचकेवा १५ दिन अघि बनाउने र प्रत्येक दिन रातिराति सबैले बनाएको सामाचकेवा एकै ठाउँमा आँगनमा राखेर छिमेकीहरू एक ठाउँमा भेला भई दाजुभाइको दीर्घायूको लागि गीत गाउन र रमाइलो गर्ने चलन छ।

कात्तिक पूर्णिमाका दिन पूजापाठ गरी विधिवत रूपले पोखरी, तलाउ, नदीमा सेलाउने चलन रहेको उनले बताइन् । उनले थपिन्, ´माटोले बनाएको मुर्तिमध्ये चुग्ली गर्ने चुग्लालाई आगो लगाई जलाइन्छ । खरले बनाइएको बृन्दा वनमा आगो लगाएर दाजुभाइले निभाउँदै छ भन्ने गीत गाउँदै समापन गरिन्छ।’

त्यही स्थानमा सबै साथीसंगी मिलेर दही चिउरा, मिठाइँ बाँडेर प्रसादको रूपमा खाई फर्किने चलन छ। यो चाड मधेशका समुदाय र थारूको संस्कृति र पहिचानसँग समेत जोडिएको चौधरीको भनाइ छ ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  १ : ५२ बजे

भीम रावल भन्छन्ः एमालेमा मेरो आवाजलाई गलत अर्थ लगाएर पार्टी छोडेको भ्रम सिर्जना गरियो

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले एमाले

यस्तो छ सरकार र जेनजीबिचको १० बुँदे सम्झौता

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

सरकारसँगको १० बुँदे सम्झौतालाई जेन-जी मुभमेन्टले गर्यो अस्वीकार

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले बुधबार सरकारसँग भएको १० बुँदे

सरकारसँग भएको सम्झौतामा जेनजी समूहबीच नै असहमति (तस्बिरहरू)

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

कांग्रेस सदस्यता छानबिन समितिको संयोजक बने महेन्द्र यादव

काठमाडौँ- नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा महेन्द्र