दाजुभाइको दीर्घायूको कामना गर्दै मधेशमा सामाचकेवा खेलिँदै « Khabarhub

दाजुभाइको दीर्घायूको कामना गर्दै मधेशमा सामाचकेवा खेलिँदै


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– दाजुभाइको दीर्घायुको कामना गर्दै दिदीबहिनीले कार्तिक पूर्णिमाको दिन भोलि २ मंसिर (बिहीबार) सामाचकेवा खेल्दैछन् ।

तराई मधेश क्षेत्रका दिदीबहिनीले सामाचकेवा खेल्न सामा, चकेवा, भमरा सातभैया, चुग्ला, वृन्दावनलगायत माटोको मानव आकृति बनाई खेल्ने सामग्री तयार पारीसकेका छन् ।

राजविराज-१ कि २५ वर्षीया सुनिता रजकले सामाचकेवा खेल्नका लागि दुई दिनअघि नै आवश्यक सामग्री बनाई रंगरोगन गरिसकेको बताइन ।

उनी भन्छिन्, ´चढाउने सामग्री चिउरा, फलफुल, दही, चिनी किनीसकेकी छु। एक हप्ताअघिदेखि नै साँझको खाना खाइसकेपछि वल्लो घर र पल्लो घरका छिमेकीहरू एकै ठाउँमा बसेर दाजुभाइलाई आशिष दिँदै गीत गाउने गरिरहेका छौँ ।` राजविराज नगरपालिका-६ की रमिला साहका अनुसार समाचकेवा मुख्य दिन भने भोलि कात्तिक पूर्णिमा हो ।

उनले थपिन्,´यो पर्व दाजुभाइ दिदीबहिनीबीच अटुट प्रेम स्थापना गर्ने माध्यम समेत हो।` राजविराज नगरपालिका-८ की रूपा चौधरीले थारू समुदायले सामाचकेवा १५ दिन अघि बनाउने र प्रत्येक दिन रातिराति सबैले बनाएको सामाचकेवा एकै ठाउँमा आँगनमा राखेर छिमेकीहरू एक ठाउँमा भेला भई दाजुभाइको दीर्घायूको लागि गीत गाउन र रमाइलो गर्ने चलन छ।

कात्तिक पूर्णिमाका दिन पूजापाठ गरी विधिवत रूपले पोखरी, तलाउ, नदीमा सेलाउने चलन रहेको उनले बताइन् । उनले थपिन्, ´माटोले बनाएको मुर्तिमध्ये चुग्ली गर्ने चुग्लालाई आगो लगाई जलाइन्छ । खरले बनाइएको बृन्दा वनमा आगो लगाएर दाजुभाइले निभाउँदै छ भन्ने गीत गाउँदै समापन गरिन्छ।’

त्यही स्थानमा सबै साथीसंगी मिलेर दही चिउरा, मिठाइँ बाँडेर प्रसादको रूपमा खाई फर्किने चलन छ। यो चाड मधेशका समुदाय र थारूको संस्कृति र पहिचानसँग समेत जोडिएको चौधरीको भनाइ छ ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  १ : ५२ बजे

एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य

काठमाडौं– एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकाश केन्द्रबीच

कञ्चनपुरमा तीनवटै सुरक्षा निकायलाई उच्च सतर्क रहन निर्देशन

महेन्द्रनगर- भारी वर्षाको पूर्वानुमानपछि कञ्चनपुरमा तीनवटै सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा

अविरल वर्षाले चोभार गल्छीमा पानीको बहाव बढ्यो

काठमाडौं– काठमाडौं उपत्यकामा अविरल वर्षा भएपछि बागमती, विष्णुमतीलगायत विभिन्न खोला

वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

चितवन– बिहीबारदेखि परेको अविरल वर्षाका कारण जिल्लाका सातै पालिकाले आज

पछिल्लो २४ घण्टामा पाल्पाको अर्चलेमा सर्वाधिक २०५.२ मिलिमिटर वर्षा

काठमाडौं – पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै पाल्पाको अर्चलेमा वर्षा