एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य « Khabarhub

एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकाश केन्द्रबीच दिगो तथा जलवायु विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

यस साझेदारीले नेपालमा हरित वित्त क्षेत्रलाई थप प्रभावकारी बनाउन विज्ञानमा आधारित ज्ञान र समाधानलाई वित्तीय अवसरसँग जोड्ने लक्ष्य राखेको छ ।

यस सहकार्यअन्तर्गत  इसिमोडको अनुसन्धान, प्राविधिक ज्ञान तथा क्षमता विकासको अनुभवलाई एनएमबि बैंक लिमिटेडको वित्तीय क्षेत्रसम्बन्धी विशेषज्ञतासँग जोडिनेछ । 

यसबाट वातावरण संरक्षण, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण तथा स्थानीय समुदायको उत्थानशीलता बढाउन सकिने दिगो परियोजना र लगानीका अवसर पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

एनएमबि बैंक लिमिटेडले दिगो तथा हरित बैंकिङलाई प्राथमिकता दिँदै वातावरणमैत्री र जिम्मेवार वित्तीय अभ्यासलाई निरन्तर अघि बढाउँदै आईरहेको छ । 

बैंक र इसिमोडबीचको यो साझेदारीले विज्ञान, वित्त र दिगो विकासबीचको सहकार्यलाई थप मजबुत बनाउँदै नेपालमा दीर्घकालीन र वातावरणमैत्री आर्थिक विकासका लागि योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  २ : २१ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या