नेपालको पर्यटन प्रर्वद्धन गर्न श्रीलंकामा नेपाल सेल्स मिशन « Khabarhub

नेपालको पर्यटन प्रर्वद्धन गर्न श्रीलंकामा नेपाल सेल्स मिशन


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको पर्यटन प्रर्वद्धन गर्न नेपाल पर्यटन बोर्ड तथा नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा्) को सयुंक्त आयोजनामा श्रीलंकामा नेपाल सेल्स मिशन सम्पन्न भएको छ ।

मंसिर ३० गते आयोजना गरिएको एक दिवसीय सो कार्यक्रममा नेपालबाट पर्यटन बोर्डका अधिकारीसहित १९ वटा कम्पनी तथा नेपाली पर्यटन व्यवसायीहरुको सहभागिता छ ।

कोलम्बोमा आयोजना भएको कार्यक्रममा जाने टोलीलाई आइतवार बोर्डका कार्यकारी प्रमुख (सीइओ)डा. धनन्जय रेग्मीले बिदाइ गरेका थिए ।

कार्यक्रमबाट नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रबद्र्धनको कार्य गर्ने तथा नेपालबाट सहभागिता जनाउने व्यवसायीहरुले श्रीलंकन उपभोक्ता तथा पर्यटन व्यवसायीहरु माझ आफ्ना सेवाहरुको प्रबद्र्धन गर्दै श्रीलंकन आउटबाउण्ड टुर अपरेटरहरुसँग व्यवसायिक सम्बन्ध स्थापना एवं विस्तार गर्ने अपेक्षा गरिएको सिइओ रेग्मीले बताए ।

बोर्डले यस अघि पनि श्रीलंकामा नेपालको प्रर्वद्धन गर्न नेपाल स्थित श्रीलंकन राजदुतावाससँगको सहकार्यमा नेपाली र श्रीलंकन व्यवसायीहरुबीच भर्चुअल अन्तक्रिया आयोजना गरेको थियो ।

कोभिड १९ को संक्रमण कम हुँदै गर्दा बोर्डले विस्तारै विभिन्न मुलुकमा सेल्स मिसन आयोजना गर्ने कार्यक्रम अनुसार श्रीलंकामा मिसन आयोजना गरिएको कार्यकारी प्रमुख डा. रेग्मीले जानकारी दिए ।

कार्यक्रमको पहिलो सत्रमा श्रीलंकन व्यवसायीहरुसँग बीटुबी छलफल तथा दास्रो सत्रमा नेपाल नाइट कार्यक्रम आयोवजना गरिएको कार्यक्रममा सहभागी नेपाली व्यवसायी तथा नेपाल र्‍याफटिङ एजेन्सिज एशोसिएसन नारामा महासचिव शिशिर खनालले जानकारी दिए ।

उनकाअनुसार कार्यक्रममा करिब ५० जना श्रीलंकन व्यवसायीहरु सहभागी थिए । यस्तै उनीहरुले यो कार्यक्रमपछि नेपाल र श्रीलंका दुवै देशको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  २ : ४१ बजे

सडक दुर्घटनामा एक युवकको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१५ मा आज बिहान भएको सडक दुर्घटनामा

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्यमा एक सय रुपैयाँले गिरावट

सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद् भवन (तस्बिरहरू) 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति

‘अस्ट्रेलिया र भारत नेपाल आएर खेलिदिए हाम्रो क्रिकेट अझै फैलिने थियो’

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले टेस्ट

युवा मतदाताको रोजाइ : सुशासन, विकास र रोजगारी दिने उम्मेदवार

म्याग्दी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति