न्यायाधीशहरूलाई फैसला गरेर देखाउन बरिष्ठ अधिवक्ता थापाले दिए चुनौती | Khabarhub Khabarhub

न्यायाधीशहरूलाई फैसला गरेर देखाउन बरिष्ठ अधिवक्ता थापाले दिए चुनौती


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता शम्भु थापाले इजलासमा फर्किएका न्यायाधीशहरूलाई फैसला गरेर देखाउन चुनौती दिएका छन् ।

बुधबार बारको आन्दोलनमा बोल्दै थापाले कानून व्यवसायीहरूले बहस नगरेको मुद्दामा फैसला गरेर देखाउन न्यायाधीशहरूलाई चुनौती दिएका हुन् । उनका अनुसार कानून व्यवसायी बेगर फैसला हुन सक्दैन ।

उनले भने, ‘घुस खाने प्रधानन्यायाधीशले तोकेको इजलासमा बस्नुभयो भने तपाईंहरू पनि दुषित हुनुहुन्छ ।’

नेपाल बारले न्यायालयका मुख्य समस्या नै सफा गर्ने गरी आन्दोलन गरेको उनले बताए ।

प्रधानन्यायाधीशलाई हटाउनमात्र बारले आन्दोलन नगरेको बताउँदै थापाले अर्को प्रधानन्यायाधीश आएपछि कुन–कुन न्यायाधीश र कानून व्यवसायीले भ्रष्टाचार गरेका छन् भन्ने कुराको छानविन समेत हुन्छ । यो आन्दोलन नभएर न्यायालयको शुद्धीकरणको अभियान भएको उनको भनाइ छ ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  २ : ४८ बजे

टप एन्ड टी–२० सिरिजको लागि अस्ट्रेलिया क्रिकेट टोलीलाई बिदाइ

काठमाडौं– टप एन्ड टी–२० सिरिजको लागि अस्ट्रेलिया जाने नेपाली राष्ट्रिय

महाकाली नदीमा दुई बालिका बेपत्ता

दोधारा चाँदनी- कञ्चनपुरमा भीमदत्त नगरपालिका–१२ ऐरी नजिक महाकाली नदीमा दुई

गोसाइँकुण्ड मार्गमा तीर्थयात्रु बेपत्ता

रसुवा– रसुवाको पवित्र तीर्थ गोसाइँकुण्ड गएका एक तीर्थयात्रु धार्मिकमार्गबाट बेपत्ता

गैंडाकोटमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

नवलपुर- नवलपुरको गैंडाकोटमा आज (आइतबार) ट्रक र स्कुटर ठोक्किँदा दुई