राजनीति

कांग्रेसका डडेल्धुरा सभापति अनसनमा

By खबरहब

November 17, 2021

काठमाडौँ– डडेलधुरामा पुनः वडा अधिवेशन गर्नुपर्ने माग राख्दै कांग्रेस जिल्ला सभापति कर्णबहादुर मल्लसहितका नेताहरुले पार्टी कार्यालय सानेपामा अनसन सुरु गरेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा पक्षले क्रियाशील सदस्यताको विवादका बीच अधिवेशन प्रक्रिया अघि बढाएको र त्यसैलाई मान्यता दिएको भन्दै उनीहरुले अनसन सुरु गरेका हुन् ।

एकलौटी रुपमा आफुहरुलाई प्रवेश नै गर्न नदिएर गरेको अधिवेशन मान्य नहुने भन्दै पार्टीका बिभिन्न निकायमा कुरा राख्दा पनि सुनुवाई नभएको भन्दै अनसन बस्न बाध्य भएको मल्लले बताए । आफूहरुको माग सम्बोधन नभएसम्म अनसन जारी राख्ने उनले बताए ।

जिल्ला कार्यसमितिले सिफारिस गरेका क्रियाशील सदस्यको नाम काटेर केन्द्रबाटै नाम थप गरेको उनीहरुको आरोप छ।