‘मुख्यमन्त्रीज्यू ! राहत होइन, हामीलाई घरबासको व्यवस्था गरिदिनु’ « Khabarhub

‘मुख्यमन्त्रीज्यू ! राहत होइन, हामीलाई घरबासको व्यवस्था गरिदिनु’


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीलाई आगलागी पीडितले तत्कालका लागि राहतसँगै पहिलो प्राथमिकता घरबासको व्यवस्था मिलाई दिन आग्रह गरेका छन् ।

बुधबार बिहान हेलिकप्टरमार्फत राहत ल्याएर सदरमुकाम गमगढी बजार आएका मुख्यमन्त्री शाहीलाई यहाँका पीडितले घरबासको व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् ।

कात्तिक २९ गते गमगढी बजारमा भीषण आगलागी भएसँगै पीडितहरू निकै चिन्तामा छन् । अग्नि पीडितले मुख्यमन्त्री शाहीलाई सरकारले राहतका लागि टेन्ट प्रदान गर्दा पनि आफूहरूले कहाँ गाडेर बस्ने भन्ने अवस्थामा रहेकाले वासस्थानको व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् ।

‘प्रदेश सरकारबाट राहत प्रदान होला । कहाँ खाने ? कहाँ राख्ने ?’, उनीहरूको प्रश्न छ । मुख्यमन्त्री शाहीसँगै भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री चन्द्रबहादुर शाही बुधबार राहत ल्याएर गमगढीमा पुगेका थिए । तर, राहत वितरण भएन । सरकारबाट राहत कम मात्रामा ल्याइएपछि सबैलाई पुग्ने गरी पछि वितरण गरिने बताइएको छ ।

सोमबार साढे १२ बजे भएको आगलागीबाट २५ घरसहित बहालमा बस्ने ५५ गरी ८० घर परिवार विस्थापित भएका छन् । उनीहरूले आगलागी हुँदा निभाउनलाई पानीसमेत नरहेको भन्दै मुख्यमन्त्री सामु आक्रोश पोखेका थिए ।

मुख्यमन्त्री शाहीले पीडितहरूसँग समस्या समाधानका लागि आफूले पहल गर्ने बताएका थिए ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ९ : १६ बजे

इटालीसँगको खेलअघि रंगशाला बाहिर नेपाली समर्थक (तस्बिरहरू)

काठमाडौं– आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको नेपालले दोस्रो खेलमा आज

टी-२‍० विश्वकपमा श्रीलंकाद्वारा ओमन १ सय ५ रनले पराजित

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत बिहीबारको खेलमा श्रीलंकाले ओमनलाई पराजित

तनहुँमा आचारसंहिता उल्लङ्घनका १६ उजुरी

दमौली– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

दक्षिण कोरिया : पूर्वगृहमन्त्रीलाई सात वर्ष कैद

एजेन्सी– दक्षिण कोरियाका पूर्वगृहमन्त्री ली साङ–मिनलाई सन् २०२४ मा तत्कालीन

राष्ट्र संकटमा कम्युनिष्टहरूबीच सहकार्य हुँदै आएको छ : प्रचण्ड

गलकोट– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न