टी-२‍० विश्वकपमा श्रीलंकाद्वारा ओमन १ सय ५ रनले पराजित « Khabarhub

टी-२‍० विश्वकपमा श्रीलंकाद्वारा ओमन १ सय ५ रनले पराजित


२९ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत बिहीबारको खेलमा श्रीलंकाले ओमनलाई पराजित गरेको छ । समूह ‘बी’ मा रहेको श्रीलंकाले ओमनलाई १ सय ५ रनको विशाल अन्तरले पराजित गरेको हो ।

२ सय २६ रनको लक्ष्य पछ्याएको ओमान निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २० रनमा समेटियो ।

उसका लागि मोहम्मद नदीमले सर्वाधिक ५३ तथा वसीम अलीले २७ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

ओमानलाई सस्तैमा समेट्न दुसमन्ता चमिरा र मथिसा थिकसनाले दुई–दुई विकेट लिए ।

त्यसअघि श्रीलंकाको पल्लेकेले मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २२५ रन जोड्यो ।

श्रीलंकाका कुशल मेन्डिसले ६१, पवन रत्नायकेले ६० तथा दाशुन शनाकाले ५० रन जोडे ।

बलिङतर्फ ओमानका जितेन रमानन्दीले दुई विकेट लिए ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार  २ : ५० बजे

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल असोज २३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २३ गते शुक्रबार सन् २०२६

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको