बाढीले अवरुद्ध त्रिवेणी–ताम्ती सडकको ट्र्याक खुल्यो « Khabarhub

बाढीले अवरुद्ध त्रिवेणी–ताम्ती सडकको ट्र्याक खुल्यो


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– अविरल वर्षाका कारण बाढीले अवरुद्ध भएको त्रिवेणी–ताम्ती खण्डको सडक ट्र्याक खुलेको छ । कात्तिक पहिलो साता भएको अविरल बेमौसमी वर्षापछि आएको बाढीले सडक नै कटान गरेर पूर्ण अवरुद्ध बनेको थियो ।

उक्त सडकक‍ो करिब २० किलोमिटरमा क्षति भएको थियो भने करिब ४०० मिटर सडक बाढीले कटानसमेत गरेको थियो । सडक डिभिजन कार्यालय जुम्लाले आफ्नै कर्मचारी परिचालन गरी डोजर भाडामा लिएर बाढीले कटान गरेको ४०० मिटर सडकको साइडबाट ट्र्याक खोल्ने काम सकेको हो ।

तिलाका स्थानीय प्रेम बस्नेतले सडक डिभिजन जुम्लाले त्रिवेणी–ताम्ती सडक मर्मतको काम तीव्र गतिमा गरेको बताए । उनले भने, ‘अवरुद्ध सडक खोलेपछि भेरीखोला क्षेत्रका नागरिकलाई केही सहज भएको छ ।’

सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर सन्तोष भण्डारीले अवरुद्ध भएको २० किलोमिटर सडकमध्ये बाढीले ४०० मिटर सडक पूरै कटान गरेको र मान्छे हिँड्नसमेत बाटो नभएको बताए ।

‘हामीले टोप्लासम्म सडकको साइडबाट ट्र्याक खोल्ने काम सकेका छौँ । अब चाँडै ग्याविन पर्खाल निर्माण कार्य अघि बढ्छ’, उनले भने ।

त्रिवेणीदेखि ताम्तीसम्मको कटान भएको सडकमा ग्याविन पर्खाल निर्माण गरिने भएको छ । कटान भएको क्षेत्रमा ग्याविन पर्खाल निर्माणका लागि गत आर्थिक वर्षको दुई करोड रुपैयाँ बचतबाट ठेक्का आह्वान गरिएको छ ।

भेरीखोला क्षेत्रका नागरिकको आवतजावतलाई सहज बनाउन तथा खाद्यान्न ढुवानी गर्नका लागि बाढीले कटान गरेको सडक निर्माणलाई सडक डिभिजनले द्रुत गतिमा अघि बढाएको इन्जिनियर भण्डारीको भनाइ छ ।

टोप्लासम्म ट्र्याक खोल्ने काम सकिएको र अब चाँडै ग्याविन पर्खाल निर्माणको कार्य अघि बढाइने सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ९ : ३३ बजे

टी-२‍० विश्वकपमा श्रीलंकाद्वारा ओमन १ सय ५ रनले पराजित

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत बिहीबारको खेलमा श्रीलंकाले ओमनलाई पराजित

तनहुँमा आचारसंहिता उल्लङ्घनका १६ उजुरी

दमौली– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

दक्षिण कोरिया : पूर्वगृहमन्त्रीलाई सात वर्ष कैद

एजेन्सी– दक्षिण कोरियाका पूर्वगृहमन्त्री ली साङ–मिनलाई सन् २०२४ मा तत्कालीन

राष्ट्र संकटमा कम्युनिष्टहरूबीच सहकार्य हुँदै आएको छ : प्रचण्ड

गलकोट– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न

याङ्गोद्वारा ड्राइभरलाई पुरस्कारसहित सम्मान

काठमाडौं– याङ्गो राइड नेपाल मासिक ड्राइभर सम्मान कार्यक्रम आयोजना गर्दै पछिल्ला